Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर ०९ गते बिहिबार

शिक्षक र कर्मचारिकाे भिमदत्तमा धर्ना र तालाबन्दि

महेन्द्रनगर-   नगरपालिका अन्तरगत कार्यरत बाल बिकास शिक्षक र बिध्यालय कर्मचारिहरुले नगरपालिकामा शिक्षा शाखामा तालाबन्दि र प्रशासनिक भवनमा धर्ना दिएका छन ।
सरकारले बजेट भाषणमा न्युनतम पारिश्रमिक पन्ध्र हजार हुनुपर्ने भनेर संघियले र स्थानिय सरकारले तलब मानमा वृद्धि गरिदिने भनेकाे थियाे । यसै अनुरु संधिय सरकारले मासिक २ हजार बृद्घि गरि ८ हजार पुर्याएकाे र स्थानिय सरकारले ७ हजार थपेर पन्ध्र हजार पुर्याउनु पर्ने थियाे । केही नगरपालिकाले तलब बृद्घि गर्ने निर्णय गरि सकेकाे छ भने धेरैजसाेले गरेका छैनन ।

भिमदत्तका शिक्षक र कर्मचारिहरु स्कुल समेत बन्द गरेर नगरपालिका अागनमा धन्टि लगाउदै प्रिरियड सुरु गर्ने र त्यहि हाजिर गरेर बिहिबार धर्नामा बसेका हुन , शिक्षाशाखामा बुधबार बाटै तालाबन्दी गरेकाे छ ।
नगरभित्र १४५ जना बाल बिकास शिक्षक र १८५ जना कर्मचारि रहेकाे बाल बिकास शिक्षक नगर अध्यक्ष दुर्गा बिष्टले बताउनु भयाे । अान्दाेलनकारिहरुले अाफ्नाे माग पूरा नभए सम्म धर्ना र तालाबन्दी नछाेड्ने बताए ।

प्रतिक्रिया