Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर ०९ गते बिहिबार

दार्चुला बाट एमाले केन्द्रिय सदस्यमा क कसकाे उमेदबारि

दार्चुला । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज एबं दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले १० औँ राष्ट्रिय महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ । नवौँ महाधिवेसनबाट समेत केन्द्रीय सदस्य पदमा निर्वाचित ठगुन्नाले पुनः एक पटक केन्द्रीय सदस्य पदमै दोहोरीएर काम गर्ने तयारी गरेको उहाँको सचिवालयले जनाएको छ । दशौँ महाधिवेसनमा नेता ठगुन्नाले केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गर्ने तयारी भएपनि सिनियर नेताहरुको आग्रह र पार्टी एकतामा सहयोग पुर्याउने उद्धेश्यले त्यागको भावनाका साथ केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिन सहमत भएको बताइएको छ ।

२०४५ सालमा अनेरास्ववियू दार्चुला काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्ष भई कम्यूनिष्ट राजनीतिमा होमिएका ठगुन्ना २०४७ सालमा एमालेको जिल्ला कमिटी सदस्य हुनुभएको थियो । २०५०, २०५३, २०६३, २०६६ सालमा सम्पन्न जिल्ला अधिवेशनबाट चार कार्यकाल जिल्ला पार्टी प्रमुखको जिम्मेवारी निर्वाह गरेका नेता ठगुन्नाले नवौं महाधिवेशनबाट नेकपा (एमाले) को केन्द्रिय कमिटी सदस्य भई हाल नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको सहईन्चार्ज तथा पार्टीको सामान्य प्रशासन विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरिराख्नुभएको छ । २०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति दार्चुलाको सभापति पदमा निर्वाचित भई लोकप्रियता कमाएका नेता ठगुन्ना विकासप्रेमी नेताको परिचय बनाउदै २०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधिसभामा समेत दार्चुलाबाट प्रतक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनुभएको थियो ।      निवर्तमान प्रधानमन्त्री केपी सर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी निर्वाह गरेका नेता ठगुन्नाले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली नक्सामा समावेश गर्न समेत भूमिका खेख्नुभएको थियो । पार्टी हित, विकास, समृद्धि र राष्ट्रियताको सवालमा विशेष भूमिका खेल्ने प्रतिवद्धतासहित उम्मेदवारी दिन लागेकोले दशौँ महाधिवेसनमा केन्द्रीय सदस्य पदमा विजयी गराउन पार्टी नेता, कार्यकर्ता तथा महाधिवेसन प्रतिनिधिहरुलाई उहाँले आग्रह गर्नुभएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनको सबै तयारी सकिएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सबै तयारी सकिएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । महाधिवेसनका लागि एमाले अध्यक्ष केपी सर्मा ओली सहित नेताहरु र पाहुनाहरु समेत पुगिसकेका छन्

प्रतिक्रिया