Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
भावना बडू
२०७८ चैत २३ गते बुधबार

भिमदत्तनगरका सडक किनारामा रहेका तारै तारको जालोबाट कस्ले मुक्त गर्ने

भिमदत्त नगरपालीकाको मुख्य शहरी भाग समेतका ठाउँको कुरुपता हटने छाट देखिएको छैन । 
नगरको मुख्य भागमा १४ किलोमिटर सडक, २२ किलोटिर नाली, पानीको लाईन र बिजुलिका लाईन पोल सार्ने काम सुरु भएको छ । नगरका नेतृत्वले योजना खोजेर निर्माणको चरण सम्म पुर्याउदा सडकमा पुरानै अवस्थामा बिAधुत, टेलिफोन र केवलका तारहरुको जालो देखिने भएको छ । 
नगरपालीको सुन्दर सफा नगरको परिकल्पनामा के यसरी घर संग संगै टासिएका बिधुतका पोलहरु र तारहरुको जालोले हुने हो भनेर स्थानियले प्रश्न गरीरहेका छन । यसरी घरको मुखतिर सडकहरुका किनारमा पोलहरु हुदा प्रतेक ४० देखि ५० मिटरमा हुने पोल बाट घर घरमा तारहरु लग्दा तारहरुको जालो बन्ने अवस्था रहेको महेन्द्रनगर बजारकाका गल्लीहरुमा घर रहेका वासिन्दाहरुको भनाई रहेको छ । स्थानिय वासिहरुले कुरुप शहर संगै कोठा भित्र झ्याल बाट तारमा हात पुग्ने अवस्था भएर कुनै दिन दुर्घटना हुन्छकि भन्ने चिन्ता थपिएको बताई रहेका छन । 
वडा नम्बर चारका वडा अध्यक्ष लक्ष्मी दत्त बोहरा पोलमा फलामको एङ्गल जोडेर घरभन्दा तारहरु टाढा लग्ने कुरा गरेको र घरभन्दा केिह भएपनि टाढा हुने तर स्टीेमेट अनुसार काम हुने भएको कारण घरहरुको पछाडी तर्फ राख्न मिल्दैन भनेर आफुलाई जवाफ आएको बताएका छन त्यसकारण पोलहरु घर छेउमै घर अगाडी पट्टी राखिएको बताएका छन । 
नेपाली काग्रेसका वडा नम्बर ४ का सभापति तथा सोहि गल्लीका वासिन्दा नारायण दत्त पनेरुले गल्लीहरुको भित्र पट्टि पोल र तारहरु हुदा सफा, सुन्दर र दुर्घटनाको जोखिम कम हुने अवस्था रहेको बताए । 
बिधुत प्राधिकरण महेन्द्रगर शाखा प्रमुख मनोज कुमार शर्माले आफ्नो काम मापदण्ड अनुसार बने नबनेको र बिधुत लाईन निर्माणका काममा लाईन ब्यावस्थापन गर्ने काम मात्रै गर्ने भएको बताए, यस सम्बन्धी केहि राय माग भई आएमा दिन सकिने अहिले सम्म त्यो ठाउ आफुले नहेरेको बताए ।
काम गर्ने ठेक्का पाएको कम्पनी का साईड हेर्ने ईन्जिनियर  भुपेन्द्र सिंहले बिधुतको मापदण्ड अनुसार सडक छेउमा काम गर्न सकिने बताएका छन । भने परामर्श दाता कम्पनीका रेसिडेन्सल ईन्जिनियर कृष्ण पन्थीले गल्ली नम्बर १ मा मात्र यो काम अगाडी सारेका छउ, गल्लीको भित्र पट्टी राख्ने बिषयमा कुरा उठेको हो, पोल राख्न मेसिन लग्नु पर्ने भएको र त्यहा सेफ्टी टयाङ्कीहरु रहेका कारण अगाडी पोल राखेको हो समन्वय भएमा पछाडी पनि राख्न सकिने कुरा भन्नुभयो ।
ठेक्का लगाउने निकाय क्षेत्रिय शहरी बिकास आयोजना का सुचना अधिकारी ईन्जिनियर द«ोण कटुवालले नगरपालीकाले आवश्यक ठानेमा उनिहरुले यस्तो गर्न उपयुक्त हुन्छ भनेर हामिलाई भनेमा भनेको ठाउमा सार्न सकिने बताएका छन । भिमदत्तनगरका यस कार्य संग समन्वय गर्ने सदसय सचिव र नगर कोर इरियाका वासिन्दा ईन्जिनियर गोरख बहादुर सिंहले हामिले विवाद भएमा र साईड क्लीयर गर्नमा सहजीकरण गर्ने हो । प्राबिधिक रुपले गल्लीहरुका भित्रको खालि ठाउँमा लाईन सार्न उपयुक्त र सान्दर्भिक हुने बताएका छन । 
नगर प्रमुख सुरेन्द्र बिष्ट संग यस बिषयमा सफा सुन्दर शहरको परिकल्पना गर्ने तपाईको उद्देश्य यसरी सडक किनारमा तारैतारको जालो मुख भागमा राखेर पुरा हुन सक्छ भनेर समृद्धि पोष्टको चासोमा मेयर भन्नुभयो अन्डरग्राउण्ड गर्ने प्रस्ताव लगेको त्यो महङ्गो भएका कारण गर्न सकिएन, ३० बर्ष भन्दा लामो समय बाट नफेरिएको खोनपानीको पाईप लाईन फेर्न लागेको लगायत काम हामी गरीरहेको बताउनु भयो । तारको जालोको बिकल्प बारेमा वहाको जवाफ नआए पछी गल्लीको भित्र पट्टि राख्दा के हुन्छ भन्दा साईडका ईन्जिनियरहरुले प्राबिधिक रुपमा ठिक छ भनेमा आफु सकारात्मक रहेको बताउनु भएको छ । 

प्रतिक्रिया