Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७८ चैत २७ गते आइतबार

निर्माण कार्यमा लाग्ने अडाे कम्पनिका केमिकलहरु महेन्द्रनगर लन्च

निर्माण कार्यहरुमा लाग्ने विभिन्न किसिमका अडाे कम्पनिका केमिकलहरु अब महेन्द्रनगरमा पाईने भएका छन ।
महेन्द्रनगरमा एक कार्यक्रमकाे आयाेजना गरेर उपलब्ध निर्माण ठेकेदार र मिस्त्रिहरु समेत राखेर केसरिचन्द भनवरलाल बिराटनगरले मिस्त्रि तथा ठेकेदारले काम गरेर समेत जस नपाउने केही न केही समस्या देखिने गरेकाे र साे समाधानकाे लागि अन्तरक्रिया गर्दै आफ्ना उदत्पादनले कसरि  निर्माणकाे काम गर्दा सहज हुन्छ भन्ने  बिषयमा छलफल गरेकाे कम्पनिका मार्केटिङ म्यानेजर  टेकेन्द्र नेपालले बताए ।

  नया निर्माण र पुराना निर्माणमा समेत आफना उत्पादन कारगर रहेकाे नेपालकाे दाबि छ । आफ्ना उत्पादनहरुले कम पानी प्रयाेग गरेर काम गर्न सकिने, निर्माणका काममा पानिमा काम गर्न प्रयाेग गरिने केमिकल देखि विभिन्न ठाउमा आउने सिलाप राेक्न, भित्तामा पाप्रा आउन राेक्ने सम्मका करिव दर्जन जति निर्माण सहयाेगि सामग्रि रहेकाे बताएका छन ।
महेन्द्रनगर, धनगढि समेत देशभर १८ जति शहरमा आफ्नाे सामग्रि उपलब्ध रहेकाे, याे भारतिय उत्पादन भएकाे र खाडि लगायतका देशमा समेत निर्यात हुने गरेकाे उनेकाे दाबि छ । महेन्द्रनगरमा ठगुराठि ईन्टरप्राईजेज आधिकारिक बिक्रेता रहेकाे उनले बताए ।
अन्तरक्रिया मा आएका एकजना ठेकेदार रतन अधिकारी बताउछन यस्ता गुणस्तरिय उत्पादन नभएर हामिले गरेका काममा दाेष देखाउने र हामिले राम्राे गरेर जस नपाउने अवस्था थियाे अब याे उत्पादनले केही राम्राे गर्न सकिन्छ भन्ने लागेकाे छ । उनले थपे याे केमिकल महेन्द्रनगरका ५-७  घरमा प्रयाेग गरेर हेरिएकाे छ राम्राे रिजल्ट देखिएकाे छ । 

प्रतिक्रिया