Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ बैशाख ३१ गते सोमबार

भिमदत्तमा आफै ठेक्का दिने आफै अवराेध नखुलाउने कामले सडक ग्राभेल गर्न समस्या ।

भिमदत्त नगरपालीका अन्तरगत वडा कार्यालयहरुले वडाका सडक ग्राभेल गर्न ठेक्का दिएका छन । नगरपालिका भित्रकै खाेलाहरुमा नगरपालिकाले अमानतमा राेयल्टि उठाईरहेकाे छ । ती खाेलामा निर्माण ब्यावसायीले ग्राभेल उठाउन मिलाेमताे गरि आफुलाई जान नदिएकाे बताई रहेका छन र ग्राभेल काे काम राेकिएकाे छ ।
‘यो मनपरी भयो, दादागिरी भयो, एक जनाले मात्रै खोला नालामा मेसिन जाने, अरुका जान नदिने, यसमा तपाईको हातबाट के हुन सक्छ हाकिम साप’ सोमबार विहान भीमदत्त नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत महेश बहादुर बमको कार्यकक्षमा कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले भने,‘वडालाई अधिकार दिएर उनीहरुकै जेसिभी मात्रै खोलामा जान पाउने, वडा नं. १ र ३ मा दादागिरी भयो, अरुलाई उठाउन नदिने ?’
भीमदत्त नगरपालिका वडा नं. १ को रौटेला र ३ को खन्ने खोलाबाट स्थानीयले नदीजन्य सामाग्री उत्खनन गर्न नदिएपछि सोमबार विहान निर्माण व्यवसायीहरुले प्रमख प्रशासकीय अधिकृत बमलाई कार्यकक्षमा भेटेर गुनासो राखेका छन् । उनीहरुले खोलाबाट ग्राभेल लगायतका सामाग्री उठाउन नदिए नगरपालिकासित गरिएका ठेक्का सम्झौता तोड्ने चेतावनी दिए ।
संघका अध्यक्ष भट्ट सहितले रौटेला र खन्ने खोलामा स्थानीयले नदीजन्य पदार्थ उत्खननमा गरेको अवरोध हटाएर निर्माण कार्य सहज बनाउन सहयोगका लागि आग्रह गरे ।
उनीहरुले भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा खोलाबाट निश्चित व्यक्ति बाहेक अन्यलाई प्रवेश निषेध गरिएको बताए । ‘यो सब मिलेमतोमा भई रहेको छ, आधा खल्तीमा हाल्ने हिसाबले यो सब भई रहेको छ’ अध्यक्ष भट्टले भने ।
निर्माण व्यवसायीलाई खोलामा पस्न नदिएपछि ठेक्का सम्झौता अनुसार कामकाज गर्न नसकिने अध्यक्ष भट्टले उल्लेख गर्दै भने,‘नगरपालिकाले त्यहाँ सहज बनाउन सकेन भने हामी काम गर्न सक्दैनौ, ठेक्का खारेज गर्छौ, इस्टमेट त्यहीं खोलाबाट मेट्रियल ल्याउने गरी भएको छ, त्यहाँ गाडी घोडा जान नदिएपछि कहाँबाट ल्याउने त ?’
संघका अध्यक्ष भट्टले व्यवसायीलाई खोलाबाट गाडी जान नदिए पनि काम नभए सबै दोष खेप्नु पर्ने अवस्था भएको बताए । ‘अहिले यस्तो छ, भोलि काम भएन भनेर भन्नु हुन्छ, बैंक ग्यारेन्टी तानिन्छ, मिडियाले पनि काम भएन भनेर भन्छ’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत बमलाई उनीहरुले व्यवसायीलाई खोला नालामा जान नदिने बाराकुण्डाका हिक्मत बहादुर विष्ट सहितलाई थुनेर कारवाही गर्नु पर्ने माग गरे ।
स्थानीय विष्ट सहितले आफ्ना बाहेक अन्य सवारी साधनलाई खोलानालामा जान नदिने गरेको उनीहरुले बताए । भीमदत्त नगरका मेयर पदम बोगटीको संरक्षणमा विष्ट सहितले अवरोध गरि रहेको उनीहरुको भनाई थियो ।
बाराकुण्डास्थित बैजनाथ सामुदायिक वनका अध्यक्ष विष्ट सहितले सामुदायिक वनको क्षेत्रबाट उत्खनन गर्न नदिने भन्दै पस्न नदिने गरेको उनीहरुले बताए । विष्ट आफैंले भने आफ्नो जेसिबी लगाएर खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरी संकलन गरेका छन् । बिष्टले भने बन क्षेत्रमा बनले नै राेकेकाे हाे । बाकि खाेलामा वातावरणीय प्रभाव अध्ययन गरेका ठाउँमा सबैले उठाउन पाउने बताए ।
भीमदत्त नगरपालिकाका रोयल्टी काट्ने कर्मचारीको मिलेमतामा विष्टले उत्खनन गरी अवैध संकलन गरेको उनीहरुको अरु निर्माण ब्यावसायीकाे भनाई छ । विष्टको निर्देशनमा नगरपालिकाका कर्मचारीले रोयल्टी काट्दै आएको उनीहरु बताउँन् ।
विष्टका सहयोगी सहितलाई भीमदत्तले रोयल्टी काट्ने जिम्मा दिएको छ । ती सहयोगी कर्मचारी विष्टसित सल्लाह गरेर मात्रै अरुका गाडी खोलामा जान दिने गरेको उनीहरु बताउँछन् ।
निर्माण व्यवसायी संघका अध्यक्ष भट्टले प्रमुख प्रशासकीय अधिकृत बमलाई भने ‘मैले तपाईको स्वागतका दिन पनि गञ्जागोल छ भनेर भनेको थिए, अहिले पनि भन्दैछु, यस अघिका मेयर सापको पालमा यसो भयो त्यसो भयो भन्थे,’ उनले भने,‘तर पनि एउटा वडामा पनि यस्तो विवाद आएन, अहिले हेर्न त विवाद नभएको कुनै ठाउँ नै छैन ।’
निर्माण व्यवसायीले ठेक्काका लागि भाडामा लिएका गाडीलाई खोला नालामा हाल्न नपाएर भाडा तिर्न पर्ने अवस्था आएको अध्यक्ष भट्टले बताए ।
भीमदत्त नगरपालिकाका प्राविधिकले ग्राभेल उत्खननका लागि रेखाङ्कन गरिएको सामुदायिक वन क्षेत्रबाट पनि संकलन गर्न नदिइएको उनले बताए ।
‘वनको क्षेत्र भन्दै जान दिँदैन, बरु त्यस तल थुपारेको ठाउँबाट लग्न भन्छन्’ उनले भने,‘दिनमा ८÷१० पटक खोलामा जानु पर्ने गाडी कहिलेकाँही दुई तीन पटक मात्रै जान पाएका छन्, खोलामा गर केही मान्छे आएर रोकि हाल्छन् ।’
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमले कार्यालयमा निवेदन आए कारवाही प्रक्रिया अघि बढाउने बताए । ‘तपाईहरु निवेदन दिनु होस, आजै समन्वय समिति र प्रहरीमा पठाउँछौ’ उनले भने ।
रौटेला खोलामा अन्य गाडी जान नपाएकाले राजश्व संंकलन हुने अवस्था नभएको प्रमुख प्रशासकीय अधिकृत बमले बताए । ‘त्यो खोलामा गाडी घोडा गए पो रोयल्टी काट्ने हो, गाडी घोडा नै जान दिन्न, अनि कसरी काट्ने’ उनले भने ।
वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता दिपेन्द्र सिह ऐरीले रोयल्टी संकलनमा बेइमानी भएको बताए । उनले नगरपालिकाले अवैध कामको अनुगमन गर्न चासो नदिएको आरोप लगाए ।
भीमदत्तले चालु आर्थिक वर्षमा महाकाली बाहेक अन्य सबै खोलाबाट अमानमा राजश्व संकलन गरि रहेको हो । वडा कार्यालयको सिफारिश राखिएका कर्मचारी रोयल्टी संकलनमा खटिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत बमले ९ नम्बर वडाबाट राम्रो, ७ मा कम र १ र ३ मा त्यसमध्ये अझै कम राजश्व संकलन भएको जानकारी दिए ।
उनले रोयल्टी विना नदीजन्य पदार्थ ओसारपासर हुन दिने कर्मचारीलाई कारवाही गरिने बताए । रौटेलामा अवरोध गर्ने वन समूहका व्यक्तिलाई नगरपालिकाले कारवाही गर्न नसक्ने उनको भनाई छ ।
‘रोयल्टी उठाउनु सकेन भने म कर्मचारीलाई कारवाही गर्छु, अब त्यहाँ वन होला, अरु होलान, त्यसका लागि सम्बन्धित निकायमा भन्नु पर्छ’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत बमले आफू रत्तिभर पनि नडराएको उल्लेख गर्दैै अवैध उत्खनन नियन्त्रणका लागि जिल्ला समन्वय समिति छलफल गरी हल खोज्ने बताए ।
अवैध उत्खनन नियन्त्रणका लागि छलफल गर्न समन्वय समितिमा आइतबार पत्राचार गरिएको उनले बताए ।

 


#भिमदत्तमा ग्राभेल हुनमा अवराेध

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>