Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७८ चैत २८ गते सोमबार

हजार बढि ह्युम पाईप र ५ किलाेमिटर नालिबन्दा पनि १ सय मिटर पाईप अभावमा भिमदत्त बासि डुवानमा बस्न बाध्य ।

 २०७४ सालको स्थानीय तह चुनावपछि भीमदत्त नगरपालिकामा भएका कामको सोमवार प्रगति विवरण सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमार्फत नगर नेतृत्वले विवरण सार्वजनिक गरेको हो । 

पाँच वर्षको अवधीमा भीमदत्त नगरपालिकामा साढे ४८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐरले प्रस्तुत गरेको विवरण अनुसार जनप्रतिनिधिले नेतृत्व गरेपछि ५४ हजार वर्ग मिटर सडक मर्मत भएको छ । 

२ सय ४७ किलोमिटर सडकमा ग्राभिल गरिएको छ । भीमदत्त नगरपालिका–१३ पिपरैया खोलामा पुल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । 

यसैगरी, ५ वर्षमा ९८ वटा कल्भर्ट, १ हजार १ सय ९६ होमपाइप र ५ किलोमिटर नाली निर्माण गरिएको दाबी नगरपालिकाले गरेको छ । २१ वटा ट्रान्सफर्मर जडान, १ सय ६२ सौर्य बत्ती जडान, २ सय ८ सिचाइँ बोरिङ जडान, ८४ वटा मन्दिर मर्मत गरेको छ । 

यस्तै नगरपालिकाले ११ वटा चौतारा, ११ पार्क निर्माण, साढे २ किलोमिटर धार्मिक पर्यटन मार्गमा कालोपत्रे, ८३ किलोमिटर ट्रयाक खोल्ने कार्य, भित्री चक्रपथ १ किलोमिटर निर्माण गरिएको नगरपालिकाले जनाएको छ । 

भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी र टुडीखेलमा यातायात र सञ्चार सेवा बिस्तार गरिएको नगरपालिकाका इन्जिनियर ऐरले बताए । उनका अनुसार सबै वडाका मूल सडक कलोपत्रे भएका छन् । 

क्षेत्रिय सहरी विकास आयोजनामार्फत १४ किलोमिटर सडक कालोपत्रे र बसपार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ । यसैगरी, आधुनिक कृषि बजार निर्माण, दाहसंस्कार स्थल निर्माण, २४ विघा सार्वजनिक जग्गाको संरक्षण, ९० प्रतिशत नागरिक शिक्षित, महाकाली बहुप्राविधिक शिक्षालयको स्थापना, स्थानीय पाठ्यक्रम निर्माण गरिएको नगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ । 

यस्तै, १ हजार १ सय ६० विद्यार्थीलाई झोला वितरण, ६५ विद्यालयमा इहाजिरी, १५ विद्यालयमा आइसीटी ल्याब, किशोरीलाई १५ लाख सेनेटरी प्याड वितरण गरेको छ । चौधर नदीमा ५ सय मिटर तटबन्ध निर्माण, १ सय १० कानून निर्माण, बजार क्षेत्रमा २१ वटा सीसीटीभी क्यामेरा जडान, ब्रह्मदेवमा बहुसांस्कृतिक संग्रहालय निर्माण गरिएको नगरपालिको जनाएको छ । 

भीमदत्त नगरपालिकाले यत्तिका निर्माण गरेकाे दाबि गर्दै गर्दा भिमदत्तकै वडा नम्बर २ मा करिव १ सय मिटर पाईपले करिव १४ हजार बर्गमिटरमा जम्ने पानी निकास हुन सक्ने अवस्था थियाे नगरपालिका लाई निबेदन दिईयाे काम हुने आस्वासन पाईयाे तर आज सम्म काम हुन नसकेकाे स्वस्थानि टाेलका गाैरव अवस्थि बताउछन ।
टाेलका पिडित घरका सबैकाे हस्ताक्षर सहित निवेदन दिदा पनि काम नभएकाे टाेलकै देव चन्द्र उपाध्याय र शिवराज भट्ट समेत बताउछन ।
टाेल बासिले दिएकाे निवेदन निम्न रहेकाे छ ।

प्रतिक्रिया