Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ बैशाख ०३ गते शनिबार

पाँच वर्षे कार्यकालकाे पत्रकार सम्मेलन गरि जानकारि दिने पहिलाे वडा भिमदत्त नगरपालिका २

भिमदत्त नगरपालिका वडा नम्बर २ ले शनिबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर पाँच वर्षे कार्यकालकाे जानकारी दिएकाे छ । 

कंचनपुरभरिका ९२ वडा मध्ये अहिले सम्म कसैलेपनि आफ्ना कार्यकालकाे कामका बारेमा पत्रकार सम्मेलन नै गरेर जानकारी दिएकाे थिएन । पहिलाे पटक भिमदत्त २ का अध्यक्ष डम्मर कार्कि डिके, सदस्य प्रेग चाैधरि समेतका पदाधिकारिले वडामा आफ्नाे कार्यकालमा गरेका कामका बिषयमा जानकारी दिएका हुन । 
वडा पदाधिकारिले आफ्नाे कार्यकालमा वडामा रहेका बाटा करिव ५१ किलाेमिटर बनेकाे जस्मा ९ किलाेमिटर पिच, ४ किमि पानी पिच, ३० किमि ग्राभेल र ८ किमि ट्रयाक खालेकाे बताएका छन । 
वडाकाे बिद्यालय मा १० काेठा सम्म भवनकाे निर्माण गरिरहेकाे, डेढ किलाेमिटर तटबन्ध निर्माण गरेकाे, सडक साेलार र बिधुत बत्ति जडान र वडाभरि अब्यस्थित रहेका बिधुतिय तार लाईन ब्यावस्थित गरि सडक किनारमा निर्माण गरि ब्यावस्थित गरेकाे दाबि गरेकाे छ । 
यसरी काम गर्दा वडाबासिका गरेका बाचा पूरा गरेकाे महसुस भएकाे छ भन्ने प्रश्नमा वडा अध्यक्ष कार्किले  जग्गा दाता र वडाबासिकाे सहयाेगले आफ्नै कार्यालय  निर्माण गरि सेवा दिन सकेकाे, कृषि, स्वास्थ र भेटनरि समेतकाे सेवा कार्यालय बाटै दिन सकेकाे तर बजेट अभाव र तिब्र जग्गा प्लटिङ्ग नयाँ नयाँ बाटा निर्माण संङ्गै खेतहरुमा बनिरहेका घरहरुले साेचेजति काम गर्न नसकेकाे वडाबासिले सहयाेग गरि पुनः काम गर्न भनेमा वडामा साेचेकाे काम गर्न प्रयास गर्ने बताए ।

प्रतिक्रिया