Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ जेठ २४ गते मङ्गलबार

महाकालि पारिकाे १० नम्बरकाे बस्ति कटान र डुवानले बिस्तापनकाे खतरामा, सरकार दर्शक ।

सरकारको चरम लापरवाहीको कारण दाेधारा चाँदनी १० काे बस्ति बिस्तापनकाे संघारमा पुगेकाे छ ।  नगरपालिकाकाे वडा नं. १० को जाेगबुडा नदीको पारीको नेपाल–भारत सिमा स्तम्भ संग जोडिएको सीमा क्षेत्रमा रहेको अठार नम्वर पिल्लर बस्ती बिस्तापनकाे खतरामा रहेकाे स्थानियकाे भनाई छ ।

नदी कटानी देखि भारतियहरुको हेपाहा समस्या खेप्दै आएका स्थानिय बासिन्दा जाेगबुडा नदीले उनिहरुको जग्गा कटान गरेर घर छेउ नदी पुग्न थालेपछि उनिहरु बिस्तापितको संघारमा पुगेका हुन। वर्षामा बाढीको कारण उनिहरुलाई ज्यान जोगाउन गाहृो हुन्छ भने हिउदमा जग्गा कटानी गरेर हैरानी खेप्नु परेको स्थानियले बताएका छन् ।

अठार नम्वर पिल्लर नजिक बस्तीका एक स्थानिय डम्मरी ओलीको दुई बिघाह खेती योग्य जग्गा बगाईदिएपछि उनलाई हातमुख जाेर्ने ठुलो समस्या परेको छ । उनि भन्छन् – ‘दुई बिघाह खेती योग्य जग्गा कटानी गरेर ३ कठ्ठा जग्गा बचेको छ’, यस पटकको हिउदे कटानीले उनि मात्रै हैन अठार नम्वर पिल्लर बस्तीका सबै किसान हैरान भएका छन् ।

अठार नम्वर पिल्लर बस्तीमा ९ घरधुरी रहेका छन् । उक्त बस्तीमा झण्डै २ सय बिघाह जग्गा रहेको स्थानिय डम्मरी ओलीले बताए । अन्य जग्गाधनीको घर जाेगबुडा नदीको वारी रहेको छ् । उनिहरु खेतीपाती गर्न मात्रै अठार नम्वर पिल्लर बस्तीमा जाने गरेका छन् । अठार नम्वर पिल्लर बस्तीमा बिस्तापित पछि बाँकी रहेका ९ घरधुरीको अवस्था दिन दिनै बिजोग बन्न थालेको छ् ।

अझै सम्म उनिहरुले बिद्युत्त सेवा समेत नपाएको पिडा उनिहरु संगै छ् । पक्की तटबन्ध निमार्ण नभए बस्ती बिस्तापित हुने पक्का छ् । अठार नम्वर पिल्लर बस्ती बाहेक अन्य स्थानमा ९ घरपरिवारको जग्गा नभएको कारण सबै थोक छाडेर कहाँ जाने भन्ने चिन्ताले सताएको डम्मरी ओलीले बताएका छन् ।

बिगतमा दर्जनौ घरहरु रहेको यस बस्तीमा जाेगबुडा नदीले वर्षै पिच्छे जग्गा कटानी गर्न थालेपछि अहिले आएर ९ घरपरिवारमा करिब ४० जना परिवार बस्तीमा बसोबास गर्दै आएका छन् ।

सिमा स्तम्भ संग जोडिएको जगबुडा नदीको पारीको बस्तीमा नेपाल सरकारको नागरिकता र एक झोलुङ्गे पुल बाहेक केही छैन् । उनिहरुको सबै थोकमा भारतिय बजार संग सम्बन्ध छ् । नानीहरुको पठन पाठन देखि लिएर गाँउ, बस्तीमा झै झगडा भएपछि भारतिय पञ्चायतमा उनिहरु धाउने गरेकाे स्थानिय बताउछन ।

यस वर्ष जाेगबुडा नदीले २ बिघाह खेतीयोग्य जग्गा काट्न थालेपछि उनिहरु थप त्रसित बनेका छन् ।  नदीले अझै जग्गा कटानी गर्दै आएको छ्’ अर्का स्थानिय ओंम सिंह भाटले भने– ‘नेपाल सरकारले यसरीनै बस्ती नहेर्ने हो भने केही वर्षमै बस्ती छाडेर भाग्नु पर्ने हो ।’ उनका अनुसार जाेगबुडा नदीले जग्गा कटान गर्दै घर छेउ पुगाउन थालेको छ् । केही दिन अघि मात्रै नवनिर्वाचित जनप्रतिनिधीहरुले बस्तीको स्थलगत अनुगमन समेत गरेको उनले बताए ।
जाेगबुडा नदी नियन्त्रणको लागी जैविक तटबन्ध बनाउने कुनै औचित्य नरहेको स्थानिय ओंम सिंह भाटले बताए । बिगतका दिनहरुमा एक गैरसरकारी संस्थाले जाेगबुडा नदी नियन्त्रणको लागी निमार्ण गरेको जैविक तटबन्ध वर्षाको एकै भेलले बगाएर लगेको उनको भनाई रहेको छ् । बस्ती जोगाउनको लागी पक्की तटबन्धको लागी गुरुयोजना थाल्नु पर्ने उनिहरुको भनाई रहेको छ् । नदी कटानी गर्दै उनिहरुको बस्ती तिर सोझिन थालेपछि वर्षा याममा उनिहरुलाई रातको निन्द्रनै हरायर जान्छ् ।

नदीको समस्या तथा भारतिय सुरक्षाकर्मीको त्रासदिका कारण केही महिना अघि मात्रै वान सिंह भाटका ९ परिवार बिस्तापित भएर भिमदत्तको पिपरैया बसाई सरेको छ् । नदी र सिमा क्षेत्रमा हुने भारतिय ज्यादतीले थुप्रै घरपरिवार बिगतका दिनहरुमा पलायन भएर अन्यत्र बसाई सरेका छन् ।

‘अब  नदी घर पुग्न थाल्यो हामी यस वर्षायाममा घर छाड्नु पर्ने भएको छ्’ माया देबी सुनारले भने– ‘सरकारले यो सानो बस्तीको बारे सोचेनन्’ । माया देबी सुनारका अनुसार रकम हुनेवाला अन्य स्थानमा बसाई सरेपनि गरिबहरुले उक्त स्थान छाड्न नसक्ने बाध्य भएको बताएका  छन् । ‘अब आफुहरु कहाँ जाने निकै पिरलो परेको छ्’ अजमेर सिंह भाटले भने– ‘आफुहरुले घर छाडेर अन्यत्र गएमा भारतियहरुले आफ्नो जग्गा अतिक्रमण गर्ने त्यत्तीकै डर छ् ।’ सरकारले समयमै अठार नम्वर पिल्लर बस्तीको नदी नियन्त्रण तथा देखरेख गर्न सके बस्तीलाई जोगाउन सकिने स्थानियहरुको भनाई रहेको छ् ।

भारतियहरुको हातमा रहेको जाेगबुडा नदी जुनसुकै बेलापनि नदीको पानी खोलेर वर्षा तथा हिउदयाममा बर्सेनी हुने नदी कटान संगैको डुबानको समस्या विकराल हुदै जादा नदी आसपासका जग्गा समेत बालुवामय हुने गरेको छ् । बस्तीमा आवागमन गर्न प्रदेश सरकारले झोलुङ्गे पुल निर्माण गरेपनि वर्षायाममा सम्पर्क बिच्छेद हुने अठार नम्वर पिल्लर बस्तीमा सिमाको रेखदेख लागी पनि बस्ती आवश्यक रहेको जानकारहरु बताउछन् ।

नेपाल–भारत सिमा संग गाँसिएको बस्ती भएको कारण उनिहरुको घरमै भारतिय सिमा सुरक्षा बल (एसएसबी) बन्दुक काँधमा राखेर पानी खान आउछन् । सिमा संग गाँसिएर भारतियहरुको मेलजोलमा बस्दै आएका अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुको भारतियहरुले गरेको ज्यादतीको बारेमा पिडा पोख्न सक्दैनन् । आफ्नो समस्या लुकाएर बस्दै आएको अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुले नेपाल सरकारबाट कुनै प्रकारको सेवा सुबिधा पाउन नसकेकाे गुनासाे छ ।
आँगन छेउमा पिल्लर पारी भारतिय बस्तीमा झलमल बिद्युत बलेका हुन्छ् । तर अठार नम्वर पिल्लर बस्ती टुकीको सहाराबाट रात काट्नु बाध्यता रहेको छ् ।

नदि कटान र बस्ति बिस्तापनकाे बारेमा नव निर्वाचित वडा अध्यक्ष चन्द्र बहादुर सिह संग कुरा गर्दा, आफु पीडा बारे जानकार रहेकाे र वर्सातकाे बाढि बाट तत्काल कसरी बचाउन सकिन्छ त्याे उपायकाे लागि केहि संस्था संग काम गर्न तयारि गरिरहेकाे बताएका छन भने । पक्कि रुपमा माथिल्ला निकायहरुले ध्यान दिन जरुरि रहेकाे, वडाकाे पुरै बजेट लगाउदा पनि हात्तिकाे मुखमा जिरा हुने अवस्था रहेकाे बतउछन ।
भर्खर निर्वाचित भएर आएकाे यसै समयमा बजेट आएकाे छ, आगामि दिनमा माथिल्ला निकायमा यस्काे लागि पहल गर्ने बताउछन ।

प्रतिक्रिया