Samriddhipost
२०८१ जेठ ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ जेठ २६ गते बिहिबार

जेठ २८ बाट माउडे फिल्म प्रदर्शन हुने

आउँदो शनिबारदेखि माउडे चलचित्र हलमा प्रर्दशन हुने भएको छ । दुनिर माष्ठा फिल्म प्रालि मार्फत निर्माण भएको माउडे चलचित्र महेन्द्रनगरको सेती महाकाली फिल्म हलमा प्रर्दशन हुने भएको छ । जिवन सिहले निर्देशन र सुरज सिह भण्डारीले निर्मता रहेको चलचित्र सेती महाकाली फिल्म हलमा प्रर्दशन हुने भएको हो ।

स्थानीय कलाकारबाट निर्माण भएको उक्त चलचित्र पृथक रहेको छ । मनोरन्जनात्मक एव सन्देशमुलक रहेको चलचित्र कञ्चनपुरका विभिन्न स्थानीय पर्यटकिय ऐतिहासिक क्षेत्रमा छायाङकन गरिएको छ । मुख्य गरेर जिवन सिह नायक र सुर्य सोनम खलनायकको भूमिमा छन ।

उनीहरु सहित सबै सिन, मुख्य सिनहरुमा एक सय हाराहारीकै कलाकार रहेका छन । फिल्मका निर्देशक जिवन सिहले समसायिक विषयबस्तु समेटेर चलचित्र निर्माण गरिएको बताए । ‘हाम्रो सुदूरपश्चमेलीको भाषा एव पर्यटकिय गन्तव्यलाई प्रर्बद्धन गरिएको छ, ‘उनले भने, ‘कम खर्चमा बढि महत्वपूर्ण विषय प्रस्तुत गरिएका छौँ ।’

कलाकार समेत रहेका निर्माता सुरज सिह भण्डारीले पृथक प्रकृतिको चलचित्र निर्माण गरेर दर्शकलाई शिक्षामुलक र मनोरन्जन मुलक सन्देश दिन खोजिएको बताए । उनले शनिबारदेखि महेन्द्रगरको फिल्महलमा प्रर्दशन गरेर अन्य जिल्लाहरुमा समेत प्रर्दशन गरिने बताए ।https://youtu.be/znA6zMjIENw

प्रतिक्रिया