Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर १५ गते बुधबार

‘सेक्स’ वाला स्कुटरका कारण कलेजकी छात्रालाई घरबाहिर निस्किनै मुस्किल

महेन्द्रनगर  - तपाइँको नयाँ गाडीको नम्बर नै तपाइँको लागि संकटको कारण बन्यो भने के होला ? नम्बरकै कारण तपाइँले मानिसहरुको अगाडि लज्जित हुनुपर्यो भने के गनुृहुन्छ ? भारतको राजधानी दिल्लीमा कलेजकी एक छात्रालाई यस्तै भएको छ । यी युवतीको काल्पनिक नाम प्रिती बताइएको छ र उनको वास्तविक पहिचान खुलाइएको छैन ।

प्रिती दिल्लीको एक मध्यम वर्गको परिवारकी छात्रा हुन् । गत महिना उनको जन्मदिन थियो र उनले आफ्ना पितासँग जन्मदिनको उपहारको रुपमा स्कुटर मागिन् । पिताले पनि छोरीका लागि यताउताबाट पैसा जुटाएर स्कुटर किनिदिए । यहाँसम्म त सबै ठिक थियो तर जब स्कुटर दर्ता गरेर त्यसको नम्बर लिइयो त्यसपछि संकट सुरु भयो । खासमा प्रितीलाई आरटिओ (रिजनल ट्रान्सपोर्ट अफिस)ले जुन नम्बर दियो त्यो नम्बरमा संयोगले ‘सेक्स’ शब्द बनिदियो ।

यो गाडीको नम्बर कायम गर्ने निश्चित प्रक्रियाअनुसार संयोगले भएको थियो । तर, यो नम्बरका कारण प्रितीका लागि भने संकट सुरु भयो । बाटोमा मानिसहरुले प्रितीलाई यही शब्दका कारण अपमानित र लज्जित बनाउन थाले । प्रितीले पितासँग यो नम्बर परिवर्तन गराइदिन आग्रह गरिन् तर यो सम्भव हुन सकेको छैन ।

दिल्लीका एक आरटिओ अधिकारीका अनुसार अहिले गाडीको नम्बरमा

प्रतिक्रिया