Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ असार ०४ गते शनिबार

सुदुर पश्चिम सहित देशभर कालाे सुचिमा पर्ने ठेकेदार कम्पनी यि हुन ।

तोकिएको समयमा काम नसक्ने सुदूरपश्चिमका ३ निर्माण कम्पनीलाई कालोसूचिमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै सार्वजनिक निकायहरुको सिफारिसमा समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुलाई कालोसूचिमा राखेको हो ।

कालोसूचीमा पर्नेमा कञ्चनपुरको महाकाली गौरब बिल्डर्स प्रालि रहेको छ । पथरैया मोहना सिचाइँ व्यवस्थापन कार्यालय कैलालीको सिफारिसमा उक्त प्रालिलाई १ वर्षका लागि कालोसूचिमा राखिएको छ । प्रालिका सञ्चालक प्रमानन्द भट्ट(कपाडी) हुन् ।

यसैगरी, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन डोटीको सिफारिसमा बझाङको न्यू कालिका निर्माण सेवालाई २ वर्षका लागि कालोसूचिमा राखिएको छ । उक्त निर्माण कम्पनीका सञ्चालक ललितबहादुर बोहरा

हुन् ।

त्यस्तै, बडीकेदार गाउँपालिका, डोटीको सिफारिसमा डोटीकै भूमिराज रोशन निर्माण सेवालाई १ वर्षसम्म कालोसूचिमा राखेको छ । उक्त कम्पनीका सञ्चालक छपेशसिंह मल्ल हुन् ।

कालोसूचीमा परेका निर्माण व्यवसायी/ आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउने छैनन । कालाे सुचिमा पर्ने कम्पनि निम्न रहेका छन ।

प्रतिक्रिया