Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ असार ११ गते शनिबार

शुक्लफाँटा नगरमा रमन के.यश जेभिकाे काममा चरम लापर्वाहि, नगर पुर्वाधार संयाेजकले गराए सचेत ।

शुक्लफाँटा नगरमा बनिरहेकाे निर्माणमा चरम लापर्वाहि देखिएकाे छ ।  नगरपालिकाकाे वडा १० मा क्षेत्रिय शहरि बिकास आयाेजना बाट रमन के. यश. जेभि ले ठेक्का लिएर काम गरिरहेकाे सडक, नालि, पेटि लयायतका काममा लापर्वाहि देखिएकाे नगरका पुर्वाधार समिति संयाेजक बहादुर सिह महराले बताएका छन ।

यश सम्बन्धमा समृद्धि पाेष्टले आयाेजना सुचना अधिकारी द्राेण कटुवाल, साईड हेर्ने  इन्जिनियर पुजन न्याैपाने संग सम्पर्क गरि कासल सामाग्रि साईडमा राखेकाे प्रयाेग आईरहेकाे किन हाे यस्ताे ईटा प्रयाेग पाईन्छ भनेर साेद्धा वहाले १ नम्बरकाे ईटा हुनुपर्ने हाे, याे बिषय चेकजाँच गर्ने बताएका छन ।

परामर्श दाता कम्पनि BDAका इन्जिनियर मनाेज झा संग ९८५११६३५७७ मा म्यासेज र फाेन सम्पर्क गर्दा म्यासेज फिर्ता र फाेन रिसिभ गरेनन् भने  ठेकेदार सुरेन्द्र पालकाे ९८५११२९८९३ मा पनि फाेन रिसिभ गरेनन ।
यसरि लगातार म्यासेज र फाेन गर्दा समेत सम्पर्कमा नआउने परामर्श दाता काम पनि हेर्दछन कि नाम मात्रकाे परामर्श दाता हुन भन्ने प्रश्न खडा भएकाे छ ।

ठेकेदारहरुले कमसल ईटा, बालुवा र सिमेन्ट जस्ता सामाग्रि कम प्रयाेग गर्ने काममा लापर्वाहि गर्ने, सकभर कमसल काम गर्न नपाए कामै नगर्ने प्रबृति रहेकाे नगरका पुर्वाधार समिति संयाेजक तथा वडा ८ का अध्यक्ष बताउछन, उनका अनुसार शुक्लफाँटा ८ मा सडक र नालि निर्माण गरिरहेकाे कम्पनिले पनि यसैगरि कमसल काम गरेकाे त्याे काम नगरि गुणस्तरिय काम गर्न भन्दा कामै नगरेकाे बताउछन । राम्राे गुणस्तरकाे काम गर्ने भए यस्ताे ईटा कसरी साईडमा आउँछ उनी प्रश्न गर्छन ।

यस्तै याे निर्माण कम्पनिकाे अनुगमन समितिमा नगर प्रमुख हुनेभएपनि भर्खर निर्वाचित भएका कारण समितिकाे बैठक बस्न नसकेकाे प्रमुख रण बहादुर महराले बताएका छन उनले  यस्ताे कमसल निर्माण गर्न नदिने शुक्रबार नै कमसल ईटा फिर्ता काे लागि भनि नसकेकाे बताएका छन ।

यश कामकाे ठेक्का सम्झाैता रकम २७ कराेड ८७ लाख ८७ हजार ५ सय ६१ रुपैयाँ ११ पैसा रहेकाे छ  भने ३१ जुलाई २०२२ मा सक्नु पर्ने सम्झाैता रहेकाे ईन्जिनियर पुजन न्याैपानेले बताएका छन ।

प्रतिक्रिया