Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ असार १३ गते सोमबार

प्रदेशकै दाेस्राे लामाे झाेलुङ्गे पुल लालझाडिमा सम्पन्न   ।

सुदूरपश्चिम प्रदेशकै लामाे झाेलुङ्गे पुल कंचनपुरकाे लालझाडि गाउँपालिकामा बनेकाे छ । २०७६ मंशिर ५ गते निर्माण सम्झाैता ठेक्का भएकाेमा अहिले आएर निर्माण सम्पन्न भएकाे छ ।

सम्झाैता समयमा ४ कराेड ३३ लाख ९२ हजार लागत ईष्टिमेटमा काम सुरु गरेता पनि प्राबिधिक कारणले ब्लक स्पान थप गर्नु पर्ने भएर लागत थप भई ५ कराेड ४० लाख ७१ हजार ७ सय ७५ रुपैयामा काम सम्पन्न भएकाे पुर्वाधार कार्यालय कंचनपुरका सुचना अधिकारी  ईन्जिनियर हेमराज भट्टले जानकारि दिए ।

वडा ४ र वडा ५ बाट सेवा लिन पालिकाकाे कार्यालय जान, विद्यार्थि हरुलाई  बिध्यालय जान, स्वास्थ्य चाैकि जान समेत वर्षा याममा समस्या पर्ने गरेकाे र नदि किनारमा बसेर नदि घट्ला र पारि जाउला भनेर कुरेर बस्नु पर्ने थियाे अब पुलका कारण सहज हुने वडा ५ का अध्यक्ष पहल थापा बताउछन ।

नदिमा पुल नहुदा लामाे समय बाट जनता पिडित थिए अब पुल बनेकाे छ, यसबाट स्थानियलाई फाईदा हुने पालिका अध्यक्ष निर्मल राना बताउछन । 

प्रतिक्रिया