Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
भावना बडू
२०७९ असार १८ गते शनिबार

हुलाकि सडकका ठेकेदारले पटक पटक म्याद थप्दा पनि सम्पन्न गरेनन् सडक, ठेकेदारकाे जनता मार्ने याेजनामा निर्देशनालयकाे पनि मिलेमताे ।

कंचनपुरकाे दक्षिणी भागमा निर्माण भैरहेकाे हुलाकि सडक खण्ड २०७३ सालमा ठेक्का सम्झौता गरेर ठेकेदार कम्पनिहरुले आज सम्म काम अलपत्र पारेका छन ।

पुर्नवास नगरपालिका डाेके बजार बाट बेलाैरि नगरपालीका, बेल्डाडी गाउँपालिका हुदै बेतकाेट नगरपालिकाे दैजि सम्म निर्माण गर्न ठेक्का दिएकाे हुलाकि सडक खण्ड अलपत्र पारेका हुन । याे निर्माण ठेक्का लिने कम्पनिहरु शर्मा राजेन्द्र जेभि, बाबा हंश सिद्धि शाही र शर्मा राजेन्द्र जेभि रहेका छन ।

याे तीन भाग भध्ये २ भागकाे जिम्मा राजेन्द्र निर्माण सेवा नेपाली काग्रेस डडेल्धुरा सभापति भिम साउद हाे भने र १ भागकाे जिम्मा सिद्धि शाही नेपाली काग्रेस डाेल्पा सभापति दिपेन्द्र शाही काे हाे ।

सिद्धि शाही कम्पनिलेे काम गरिरहेकाे बेलाैरि खण्डमा काम छाेडेर भागेकाे स्थानिय बताउछन भने हुलाकी राजमार्ग निर्देशनालयका सुचना अधिकारी ईन्जिनियर पदम मडै ठेकेदार सम्पर्कमा नरहेकाे कुरा स्विकार गरेका छन । याे कम्पनिकाे २०७३ फागुन ११ गते ठेक्का लिएर २०७६ भाद्र २७ सक्नु पर्ने काम ०७७ बैशाख १२ सम्म पहिलाे पटक, २०७७ मंशिर ७ सम्म दाेस्राे पटक, २०७८ जेठ ७ गते सम्म तेस्राे पटक, २०७८ माघ १ गते सम्म चाैथाे पटक समेत म्याद थप्दा पनि काम नगरि कम्पनि भागेकाे हाे ।
यस्तै काम गराउने निकाय हुलाकि राजमार्ग निर्देशनालयले ६ महिना सम्म कुनै कार्वाहि प्रक्रिया अगाडि बढाएकाे थिएन ।निर्देशनालय प्रमुख शबिन जाेशी संग पटक पटक यश बारेमा फाेन र म्यासेज गर्दा सम्पर्कमा आउन चाहेनन ।

ठेकेदार लाई काम गर्न सम्पर्क गरेका सुचना पटक पटक माग गर्दा ति सुचना आएनन भने बिड डकुमेन्ट र ठेकेदार कम्पनिकाे म्याद थप र म्याद सकिएकाे जानकारी पाईएकाे थियाे भने सुचना पटक पटकाे मागले  असार ०७९ असार १५ गते सुचना प्रकाशन गरि किन सम्झाैता अन्त्य नगर्ने आशयकाे सुचना प्रकाशन गरेकाे छ ।

यस्तै गरि शर्मा राजेन्द्र जेभिकाे जिम्मा लिएकाे राजेन्द्र निर्माण सेवाकाे २ खण्डकाे काम पनि यसैगरि २०७३ सालमा ठेक्का सम्झौता गरेर पटक पटक गरि ४ पटक म्याद थपेर २०७८ चैत्र ३० गते म्याद सकिएकाे हाे । म्याद सकिए पछि कुनै काम गरेकाे छैन । दैजि बेल्डाडि सडक खण्डकाे बल्मा पुल नजिक राखेकाे ग्राभेल देखाउने र काम गर्ने आश्वासन दिएर टार्ने गरेकाे देखिन्छ । यश कम्पनिका सिईयाे राेषन भट्ट संग ९८०१७१५५१० मा पटक पटक फाेन सम्पर्क गर्दा पनि रिसिभ भएन ।

याे सडक ४ वटा स्थानिय तह भएर जाने र कंचनपुरकाे आधा जसाे भाग पर्ने भएका कारण यहाँ दैनिक हजाराै काे संख्यामा यात्रुहरु ओहर दाेहर गर्ने गरेका छन लगातार ६ बर्षबाट यी यात्रुहरु निरन्तर कच्चि सडकमा फिलिङ्ग गरेकाे धुलाे खान बाध्य रहेका छन ।
यसरी दैनिक धुलाे खान बाध्य रहेका स्थानिय बासि महाबिर डगाैरा भन्दछन सडक भरि धुलाे छ मुखमा जे बाधे पनि धुलाे राेक्न सकिन्न यहि धुलाेले बिरामि भएर घाटिमा समस्या आएकाे छ ठेकेदार मार्ने याेजना बनाएकाे जस्ताे छ सडकमा पानी समेत कहिल हाल्दैनन काम पनि भैरहेकाे छैन सरकार के हेरेर बस्या छ थाहा भएन ।
यश सडक संगै सिचाईकाे मुख्य नहर र नदि तथा खाेलाहरु छन जहाँ पानी नै पानी छ तर त्याे पानी सडकमा छर्न ईच्छुक देखिएनन ठेकेदार कम्पनि यसरी बिरामि पारेर जनता सिद्याउने तयारि मा ठेकेदार र राजमार्ग निर्देशनालयकाे मिलाेमताे रहेकाे बेलाैरि स्थानिय हरिश पन्तकाे भनाइ रहेकाे छ ।

क्कंचनपुरकाे दक्षिणि क्षेत्रका पत्रकार धन बहादुर महता बताउछन याे सडकमा यात्रा गर्दा एक ठाउबाट अर्काे ठाउँ पुग्दा मानिस नचिनिने भै सकेकाे हुन्छ धुलाे त कति खान बाध्य छउ त्यस्काे कुनै हिसाब छैन ।

प्रतिक्रिया