Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ साउन ०२ गते सोमबार

शुभम डेभलपर्सले निर्माण गरेकाे सडक निर्माण सम्पन्न  नहुदै बिग्रिन सुरु ।

शुभम डेभलपर्सले निर्माण गरेका सडक निर्माणकाे समय छदै बिग्रिन सुरु भएकाे छ । शुक्लफाँटा वडा नम्बर १२ कालागाैडि मा हालै निर्माण भएकाे सडक बिग्रिन सुरु गरेकाे छ ।

भाैतिक पुर्वाधार कार्यालय माथहत ठेक्का डपलभर्सले निर्माण गरेकाे ५ सय ८० मिटर पिच सडक कतै  बिच पिच बाट पिच नै उप्केकाे छ कतै खाल्डा पर्ने, पिचका गिट्टि उप्किने भएकाे छ भने कतै किनारा तर्फ काे भागहरु भत्किन सुरु भएकाे छ ।

यस्ताे कमसल सडक सफा गरेर पुनः निर्माण गर्नुपर्ने स्थानियकाे माग छ । उनिहरुका अनुसार सडकमा गाई गाेरु लगायत जनाबर हिडेर सडक बिग्रिने भयाे भने संगै रहेकाे बेलाैरि कलुवापुर सडक पनि खराव हुनुपर्ने त्याे राम्राे छ । यहि सडक मात्र कसरी खराव हुन सक्दछ भनी प्रश्न गरिरहेका छन ।

पुर्वाधार कार्यालय कंचनपुरका  सुचना अधिकारी ईन्जिनियर हेमराज भट्टका अनुसार ठेकेदार कम्पनिकाे क्रमागत याेजना हाे र उस्काे भुक्तानि पनि गरेकाे छैन । निरिक्षण गरेर कस्ताे अवस्था छ के गर्नु पर्छ साेहि अनुसार गर्न लगाउने बताउछन ।

ठेकेदार कम्पनिका ईन्जिनियर प्रकाश नेगि साे सडकमा  चार पाँच सय जनाबर दैनिक ओहर दाेहर गर्ने गरेका कारण राम्राे संग काम समेत गर्न नपाएकाे, ठेक्काकाे म्याद पुस मसान्त सम्म रहेकाे र बिग्रेकाे ठाउमा तुरुन्तै काम गर्ने बताउछन ।

कंचनपुरमा निर्माण चरणमा लापर्वाहिका कारण कतिपय पिच सडकहरु बर्ष दिन समेत मुस्किलले टिक्ने गरेका छन भने । केही सडक मात्र केही बर्ष सम्म राम्रा रहने गरेका छन । सडक निर्माणका जानकारहरु कम मुल्यमा सस्ताे काम गर्न खाेज्ने, प्रबिधि अभाव, ठेकेदार र कार्यालयकाे मिलेमताे लगायतका भिभिन्न कारण बाट सडक बिग्रिरहेकाे बताउछन ।https://youtube.com/shorts/M1PTqsvs81s?feature=share

प्रतिक्रिया