Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ साउन ०४ गते बुधबार

सामान्य वर्षाले बन्द नदिमा निर्माणकै चरणमा तटबन्ध भत्कियाे ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बन्द नदीमा निर्माणाधिन तटबन्ध निर्माणकै चरणमा बगेकाे छ ।  जनताको तटबन्ध कार्यालयबाट संचालित उक्त तटबन्धको योजना आर्थिक बर्ष सकिन लाग्दा बैशाख जेठ महिनामा ठेक्का लगाएकाे थियाे ।

कार्यालयको गत आर्थिक बर्ष २०७८÷०७९ को योजना अन्र्तरगत बर्ष सकिएपनि योजना निर्माण कार्य सकिएको छैन । निर्माण कार्य जारी छ, तर समान्य बर्षात हुँदा तटबन्ध भत्किएको मात्र छैन, तटबन्ध बगाएको छ ।

गत आर्थिक बर्ष सकिने बेला कार्यालयले एक निर्माण कम्पनीलाई झण्डै २ सय ४ मिटर लम्बाईको तटबन्ध निर्माणको जिम्मा दिएको थियो । कार्यालयले आर्थिक बर्ष सकिने बेला गोपान्जल निर्माण सेवा कम्पनीलाई झण्डै २८ लाख १५ हजार लागतमा तटबन्ध निर्माणका लागि सम्झौता गरेको थियो । उक्त तटबन्ध निर्माणका लागि झण्डै ४४ लाख स्टमेट रकम भएपनि झण्डै आधा रकममा ठेक्का लिएकाे छ ।

कृष्णपुर नगरपालिका २ नम्बर वडामा रहेको नदी कटानी नियन्त्रणका लागि निर्माण हुन लागेको तटबन्ध समान्य बर्षातले भत्किएपछि स्थानीय नागरिक एव जनप्रतिनिधी समेत उक्त कामको बिरोध गरेको छन । बजेट सक्नेदेखि कमिसनका लागि बर्षातकै बेला ल्याएको योजनाले राज्यको रकम दोहन मात्रै  हुने  भन्दै बिरोध गरेका छन ।
बिना स्पर तटबन्धका कमजोर योजना ल्याएर बजेट पचाउने काम भएको भन्दै स्थानीय र जनप्रनिधिले कमिसनको खेल भएको आरोप लगाएका छन । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले उक्त तटबन्धको काममा तटबन्ध डिभिजन प्रमुख, कर्मचारी, ईन्जिनियर ठेकेदारको लापरबाही र बेवास्ताको कारण प्राबिधिक स्टिमेट तथा मापदण्ड बिपरित काम भईरहेकोले निर्माण कार्य सम्पन्न नहुदै तहस नहस भएको बताएका छन ।

वडाध्यक्ष साउदले स्थलगत अनुगम गरेपछि समाजिक सञ्जालमा यस्तो स्टाटस राखेका छन,।  'जनताको तटबन्ध कार्यालय महेन्द्रनगरबाट ठेक्का सम्झौता भई कृष्णपुर नगरपालिका २ बाणी नयाँ बस्ती स्थित बन्द नदिमा निर्माण भईरहेको पक्की तटबन्ध डिभिजन प्रमुख, कर्मचारी, ईन्जिनियर, ठेकेदारको लापरबाही र बेवास्ताको कारण प्राबिधिक स्टिमेट तथा मापदण्ड बिपरित काम भईरहेकोले निर्माण कार्य सम्पन्न नहुदै तहस नहस भएको छ । ठुलो सोर्सफोर्स लगाएर गुणस्तरहिन काममा साथ दिने भ्रष्टहरुका बिरुद्ध सम्पुर्ण प्रमाण सहित कानुनी उपचार खोजे समेत जानकारी गर्दछु ।'

वडाध्यक्ष साउदले ठेकेदारले तटबन्ध निर्माणमा शुरुवाती चरणदेखि गरिरहेको बेथिति बिरुद्धमा तातेकता गर्दा समेत कार्यालयबाट वेवास्ता गरिएको बताए । वडाध्यक्ष साउदले यस्तो बेथिति काममा साथ दिने कर्मचारीदेखि ठेकेदारको मिलोमतो र कमिसनको खेल भएकाले यस्ता गलत काममा अख्तियारले चासो दिनुपर्ने बताए ।

यस अघि पनि जनताको तटबन्ध कार्यालयले कृष्णपुर नगरपालिका १ खारओदाल ओलामा उपभोक्ता मार्फत दिएको काममा समेत अनियमिता गरेको थियो । स्थानीयले यस्तो अनियमितता हुँदा पनि अख्तियार चुपचाप बसेको भन्दै अख्तियारमाथि प्रशन गरेका छन ।

तटबन्ध निर्माण कम्पनी गोपान्जल निर्माण सेवा कम्पनीका प्रतिनिधी सन्तोष सेटीले वाढी आएकै कारण २ : ३ जाली मात्रै भत्किएको बताए । अनियमिता गर्न नखोजिएको दावि गर्दै उनले कामकै दौरानामा भत्किएको बताए । नदीमा वाढी आयो केही तारजाली भत्किएको बताउँदै उनले पुर्ननिर्माण गर्ने बताए ।

जनताको तटबन्ध कार्यालय कञ्चनपुरका ईन्जिनियर सुचना अधिकारी अरुण कुमार शाहले बर्खामा निर्माण नगर्न भनेका थियाै, स्थानियले काम गर्न प्रेसर गरेका कारण ठेकेदारले काम गरेकाे हाे नभए हामिले काम नगर्न भनेका थियाै । काम क्रममा ५-७  तारजाली भत्किएको उक्त काम पुर्ननिर्माण गरिने, काम पुरा र गुणस्तर नगरुन्जेल भुक्तानी नदिने बताए । 

प्रतिक्रिया