Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ साउन २५ गते बुधबार

निर्माण सम्पन्न भएका पुल बिग्रदा समेत सडक डिभिजनले गरेन मर्मतकाे दाबि ।

सडक डिभिजन कार्यालयले ठेक्का दिएकाे लामाे समय पछि कंचनपुरकाे दैजि बेल्डाडि सडक खण्डकाे बल्मा नदिमा गत बर्ष  पुल निर्माण सम्पन्न भएकाे थियाे ।


सडक डिभिजन बाट ठेक्का लिएर काम गर्ने के यश कन्स्ट्रक्सन धनगढिले पुलकाे निर्माण सम्पन्न गरेकाे केही दिनमा पुलमा सिमेन्टका तहहरु छुटेर गएकाे कतै उच्चाे कतै खाल्डाे परेका थिए । 

साे उच्चाे निच्चाे नमिलेकाे र सिमेन्ट पाप्रा छुट्दै गएकाे बिषयमा सडक डिभिजनका तत्कालिन प्रमुख नरेन्द्र भट्ट संग कुरा गर्दा बेयरिङ्ग काेर्ष गर्नुपर्ने बताएका थिए जुन ठेकेदारले गर्ने बताएका थिए । ठेकेदार कम्पनिका धुर्व कुबर संग यश बिषयमा किन यस्ताे भएकाे भन्दा त्यस्मा कंक्रिट गर्नुपर्ने हाे बनाउछउ भनेका थिए ।
तह अहिले ठेकेदारले मर्मत गर्ने समय सकिने अवस्थामा पुग्दा सम्म याे मर्मत हुन सकेकाे छैन । सडक डिभिजन प्रमुख हरि सुवेदी संग म्यासेज गर्दा र फाेन गर्दा समेत उहाले फाेन रिसिभ गर्नु भएन । 

https://youtu.be/80yy6G5cK38 ठेक्का दिएका निर्माण कमजाेर वा केही काम बाकि रहन दिने साे काम निर्माण पछि ठेकेदार कम्पनिले मर्मत सुधार गर्ने समय सम्म चुप लागेर बस्ने र समय सकिए पछि समय सकिएकाे भनेर ठेकेदार सडक डिभिजन दुबै पन्छिने गरेका छन । 

स्थानिय सडकका उपभाेक्ताहरु सडक डिभिजन र ठेकेदारले आर्थिक मिलाेमताे गरेर यसरी मर्मत सुधार नगरि सरकारि सम्पत्ति वेवास्ता गरेकाे बताउछन । 

मिलाेमताेमा कंचनपुरकाे बल्मा नदिमा पुलकाे बेवास्ता गरिएकाे छ । पुलमा ठेकेदारले गर्नुपर्ने मेन्टिनेन्स नगरि समय गुज्रिन दिएर सडकका कर्मचारिले बेवास्ता गरेका छन ।

प्रतिक्रिया