Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
२०७८ मङि्सर १७ गते शुक्रबार

महेन्द्रनगर -  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ स्थित अर्जुनी ब्यारेक नजिकै ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । शुक्रबार साँझ से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपरैयाका ६५ वर्षीया द्रोपती राना, ३३ वर्षीया रतन कुमारी राना र ५५ वर्षीया रानी रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताउनु भयो । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइते सबैको कैलालीको धनगढीमा उपचार भइरहेको छ । वेदकोटको दैजीमा विवाहको भोज खाई कृष्णपुर तर्फ फर्कने क्रममा अनियन्त्रित भई ट्र्याक्टर सडक छेउमै पल्टिएको हो ।


#दुर्घटना

प्रतिक्रिया