Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ साउन ३० गते सोमबार

राजमार्गमै गाडेका बिधुत पाेलले दुर्घटना हुदा जिम्मेवारी कस्ले लिने ? सरकारका कार्यालय बिचकाे समन्वय अभावले यात्रुकाे जीवन धरापमा ।

राजमार्गका बिच भागतिर वा पिच सडक गाडि चल्ने भागमै बिधुतका पाेल राखेकाे देख्नु भएकाे छ ? छैन भने पुर्व पश्चिम राजमार्गकाे कंचनपुर सडक खण्डमा यस्ता कतिपय पाेल देख्न सकिन्छ ।

नेपालका राजमार्गमा सामान्यतया बेरियल तथा छेकबार राख्न नपाईने ब्यावस्था रहेकाे छ । मुख्य राजमार्गमा कमजाेर कल्भर्ट, नाला खाल्डाखुल्डी हुदा सडकमा जुनसुकै बखत दुर्घटना हुन सक्दछ भने बिच सडकमा पाेल राख्नु भनेकाे जानि जानि दुर्घटना गराउनु रहेकाे धेरैजसाे उपभाेक्ता हरुकाे मत रहेकाे छ ।

किन राखियाे बिच सडकमा पाेल ?

डिभिजन सडक कार्यालय मातहत रहेकाे यश सडक का बारेमा सडक डिभिजनका प्रमुख हरि सुवेदी संग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहनु भएन । त्यस पछि सडकै ईन्जिनियर पीयूष चटाैत संग सम्पर्क गर्दा वहाले आफू आउनु पुर्व यस्ताे काम भएकाे यस्ताे कामले जाेखिम रहेकाे आफुलाई पनि यस्ताे महशुष भएकाे, आफू आएपछि पाेल बाहिर पर्ने गरि सडक पिच गरेकाे बताए ।

चटाैतले भने बिधुत संग सहकार्य गरेर लाईन सार्दा जति रकमकाे सडक बिस्तार हुन्छ साे भन्दा बढि बजेट बिधुतकाे लाईन सार्न बिधुत लाई दिनुपरे पछि लाईन सार्न समस्या भएकाे छ, एक पाेल सार्न करिव सवा लाख रकम बिधुतलाई  तिर्नुपर्ने देखिएकाले अब सडक बिस्तार गर्दा सकभर लाईन सार्ने ठेकेदार लाई ठेक्का दिएर काम गर्ने मनस्थितिमा पुगिएकाे बताए ।

बिधुत का पाेल बिच सडक बाट किन हटाईदैन ?

राजमार्गकाे बिच सडकमा परेका पाेल किन हटेनन भन्ने बिषयमा बिधुत प्राधिकरण महेन्द्रनगर बितरण केन्द्रका प्रमुख मनाेज कुमार शर्मा संग साेद्धा वहाले सडक बिस्तार गर्ने निकायले बिधुत संग समन्वय गरि नियम बमाेजिम गर्ने हाे भने ।

बिधुत पाेल ठिक ठाउँमा राख्ने दायित्व बिधुतकाे हाेईन भन्दा वहाले बिधुत प्राधिकरणकाे जिम्मेवारी रहेकाे बिधुतले काम गर्ने तर सडक बिस्तार गर्ने निकायले समन्वयमा आए पछि काम गर्न सहज हुने बताए । त्यसाे भए सडकमा हिड्ने मािनसकाे ज्यान जहिले धराममा राख्न मिल्छ भन्दा वहाले सडक बिस्तार भै राखेकाे छ बिधुतका पाेल किनार तिर सार्नुपर्ने, कतिपय सडक चाैडा गर्दा पाेलका तार जमिन बाट समेत हात पुग्ने अवस्थामा पुगेका कारण धेरै ठाउमा समस्या छ त्यस कारण गर्न सकिएन भन्नू भयाे ।

कंचनपुरकाे महेन्द्रनगर दैजि खण्डमा रहेका यस्ता पाेलमा जतिबेला पनि ठुलाे दुर्घटना हुन सक्दछ । तर यी दुबै सरकारि निकायकाे समन्वय अभावमा प्रतेक मिनेट सडकका उपभाेक्ताकाे ज्यान धरापमा रहेकाे छ । यदि बिधुत पाेलकै कारण दुर्धटना भयाे भने त्यस्काे जिम्मेवारि कस्ले लिने ? 

प्रतिक्रिया