Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ भदौ ०५ गते आइतबार

बेलाैरिकाे पथरिया नाला पक्कि पुल शिलान्यास, काम पनि सुरु ।

पथरिया नाला पुल शिलान्यास भएकाे छ । आईतबार एक कार्यक्रमका बिचमा प्रदेशका भाैतिक पुर्वाधार राज्यमन्त्री  माननीय श्री कुलबिर चाैधरि ले शिलान्यान्स गरेका छन ।

बेलाैरि नगरपालिका वडा- ९ काे पथरिया नालामा पुल नहुदा वडाका बिद्यार्थिले स्कुल जान, स्थानियले नगरपालिका कार्यालय जान एक ठाउँबाट अर्काे ठाउँ सम्म जानका लागि अबराेध र समस्या बेहाेर्नु परेकाे, ४-५ किलाेमिटर टाढाकाे बाटाे भएर जानू पर्ने बाध्यता रहेकाे स्थानिय बताउछन ।

बेलाैरि वडा- ९ का अध्यक्ष शम्शेर सिह पेला भन्छन लामाे समय बाट पुलकाे लागि पहल गरेकाे, पटक- पटक डिपिआर सम्म बनाईए तर पुल बन्ने छाटकाट थिएन, यश पटक टेण्डर भएर समयमै काम सम्पन्न हुने देखिएकाे छ । शिलान्यास पुर्व नै ठेकेदार कम्पनिले काम सुरु गरेकाे छ त्यसैले स्थानिय र आफू खुसि रहेकाे छु ।

पुल ६ कराेड ५४ लाख ४२ हजार ७ सय २० रुपाैया ६४ पैसा लागतमा ठेक्का सम्झाैता भएकाे, उक्त पुलकाे लम्बाई करिव ५० मिटरकाे, २ सस्पेन्सन भएकाे बन्ने, पुलकाे चाैडाई ८ मिटर माथि हुने, गाडि गुड्ने भाग ६ मिटर चाैडा हुने भाैतिक पुर्वाधार कार्यालय कंचनपुरका प्रवक्ता तथा साईड प्रमुख ईन्जिनियर हेमराज भट्ट बताउछन ।                                                         पुल निर्माण ०७९ अषाढ २० बाट सुरु भई २०८१ साल अषाढ ३० गते सम्म सम्पन्न गर्नु पर्ने रहेकाे छ । पुल निर्माणकाे ठेक्का पाएकाे निर्माण कम्पनि मित्र बिल्डर्स प्रालिले कुनै बाधा अवराेध नआए समय भित्रै काम सम्पन्न गर्ने गरि काममा लागेकाे बताएका छन ।

प्रतिक्रिया