Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ भदौ ०६ गते सोमबार

कंचनपुरमा फाेहरमैला ब्यावस्थापन केन्द्र निर्माण गर्ने शुक्लफाँटा पहिलाे हुँदै । भिमदत्तकाे छैन टुङ्गाे ।

 शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य शुरु भएको छ । चालु आर्थिक बर्ष भदौँ पहिलो सातादेखि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य शुरु हुने भएको हो ।

क्षेत्रीय शहरी विकास आयोजना (आरयूडिपी)ले शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरस्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा केन्द्र बनाउन सरकारले जग्गाकाे भोगाधिकार दिएपछि ठेक्का गरिएको थियो । ठेक्का सम्झौतापछि निर्माण कार्य अघि बढेको हो ।

शुक्लाफाँटा नगरका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रशाद भट्टले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि कार्य अघि बढाएको बताए । निर्माण कम्पनीसंग सम्झौता भईसकेपछि सो क्षेत्रमा पर्ने रुख हटाउनका लागि डिभिजन वन कार्यालय पत्राचार गरिएकाे बताए । ‘निर्माण स्थलमा रहेका रुख हटाउनका लागि नगरपालिकाबाट वनमा पत्राचार भईसकेको छ, ‘उनले भने, ‘छपान शुरु भएपछि कामकाम अघि बढ्छ ।’

सामुदायिक वनले समेत काममा लागि सहमती भएको बताउदै प्रमुख प्रशासकीय अधिकृत भट्टले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य सम्झौता अनुरुप गराउने बताए । शुक्लाफाँटा नगरपालिका ईन्जिनियर दिपक धामीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रमन केएस जेभीले २७ करोड लगातमा २० महिनाभित्रै केन्द्र निर्माणको जिम्मा पाएको बताए ।

ईन्जिनियर धामीले झण्डै ५ हेक्टर जमिन क्षेत्रफलमा विभिन्न संरचना निर्माण हुनेछन । शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले आइतबार सर्वदलिय, सर्वपक्षीय बैठक आब्हान गरेर सहमति अनुसार काम अघि बढने बताए ।

एशिलाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत कञ्चनपुरमा भीमदत्त नगरपालिका र शुक्लफाँटा नगरपालिकामा योजना सुरु भएको हो । भीमदत्तमा भने फोहरमैला व्यवस्थापन केन्द्रका लागि जग्गाकाे ब्यावस्थापन गर्न नसकेर अन्याैल कायमै रहेकाे छ ।

भीमदत्तनगरपालीकामा नयाँ नेतृत्वले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि दुई महिना अघि विज्ञ समिति गठन गरी अघि बढाउने निर्णय गरेकाे थियाे ।  निर्णय अनुसार नगरले अहिलेसम्म कुनै पनि कार्य अघि बढाउन सकेका छैनन् ।

प्रतिक्रिया