Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ भदौ २९ गते बुधबार

डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल ( डिन)  कंचननपुर अध्यक्षमा लेखक

डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल ( डिन) कंचनपुरको अध्यक्षमा पवन चन्द्र लेखक चयन भएका छन् ।
मंगलवार एसोसिएसनको जिल्ला सम्मेलनबाट अध्यक्षमा लेखक चयन भएका हुन् ।

एसोसिएसनको उपाध्यक्षमा नर बहादुर बोहरा,सचिवमा सुनिल रावल,सह-सचिवमा पुरन सिंह ठगुन्ना,कोषाध्यक्षमा रेखा रोकाया चयन भएका छन् ।
यस्तै सदस्यमा प्रकाश जोशी,लक्ष्मि धामी,हेम महरा, जरदिश सार्की चयन भएका छन् ।

एसोसिएसनको सल्लाहकार समितिको संयोजकमा गोरख बहादुर सिंह,सदस्यमा सिद्ध राज ओझा, र ओमनाथ ढकाल रहेका छन् ।        

अध्यक्ष निर्वाचित लेखक भिमदत्त नगरपालिकामा कार्यरत हुनुहुन्छ ।                                   


प्रतिक्रिया