Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
दार्चुला
२०७९ असोज ०३ गते सोमबार

नेपाल दार्चुला असिगडा र भारत धार्चुला छार्चुम स्थित महाकाली नदिमा माेटरेबल पुलकाे सिलान्यास  संगै भयाे ।

महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला  नजिकको छारछुम जोड्ने गरी महाकाली नदीमाथि बन्ने मोटरेवल पुलको शिलान्यास गरिएको हो ।

नेपालतर्फ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले पुलको सोमबार दिउँसो शिलान्यास गर्नुभएको हो ।

नेपालतर्फ पुलको शिलान्यास गर्नुहुदै मन्त्री बडूले पहाडी जिल्लामा पहिलोपटक नेपाल-भारत जोड्ने मोटर पुल बन्न लागेको बताए। यसअघि कञ्चनपुर, कैलालीमा पुल भएपनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल नभएकाेले  पुल बनाउन लागेकाे यस्ले त्रिदेशीय (नेपाल-भारत-चीन) व्यापारको समेत ढोका खुल्ने बडूले बताए ।

पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडिबुटी, धातु र कच्चापदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने बताए ।

२०४८ सालदेखिनै पुल बनाउने चाहाना र पहल भएपनि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा एमओयुमा हस्ताक्षर भएर प्रकृया अगाडि बढेको मन्त्री बडूले बताए। महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुला, बैतडी, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूको भनाई छ ।


यसअघि पटकपटक महाकालीमा नेपाल-भारत जोड्ने पक्की पुल निर्माणका लागि प्रकृया अघि बढेपनि निर्माण कार्य सुरु हुन सकेको थिएन । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पुल निर्माणको सर्भे भएर निर्माण कार्यको थालनी नहुदै टेण्डर रद्ध गरिएको थियो । त्यसपछि पनि पुल निर्माणको विषयमा पटकपटक दुई देशबिच छलफल भएपनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । पछिल्लो समय  दुई सरकार बिच एमओयु  प    छि   पुल निर्माणको टेन्डर कार्य सम्पन्न भएको छ ।

दार्चुलामा महाकाली नदीमाथि भारतसंग जोड्ने सात वटा झोलुंगे पुलहरु सञ्चालनमा रहेका छन् । दुई वटा पुलहरु निर्माणाधिन अवस्थामा रहेका छन् भने थप केही पुलहरु निर्माणका लागि पहल भइरहेको छ । तर मोटरेबल पुल नहुदा कनेक्टिभिटीमा कतिपय समस्याहरु कायमै रहेका छन् ।

भारत सरकारको लगानीमा निर्माण हुने ११० मिटर लामो पुल शिलान्यास कार्यक्रममा भारतीय राजदुतावासका प्रतिनिधि, दार्चुलाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो । शिलान्यास कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका डीसीएम प्रशान्त श्रीस्ताव, उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीलगायतहरूको उपस्थिति रहेको थियो ।

पुल शिलान्यास कार्यक्रमको अवसरमा महाकाली नदीको समेत पुजा गरिएको छ । पुल निर्माणले नेपाल-भारतको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । व्यापारिकसँगै नेपाल भारतका नागरिकबीच सामाजिक सम्बन्ध जोड्न यो पुल सजिलो हुने स्थानीयको बुझाइ रहेको छ ।

प्रतिक्रिया