Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ असोज ०७ गते शुक्रबार

बाढिले भत्काएकाे कृष्णपुर ३ काे बाटाे निर्माण, तटबन्धको समस्या समाधान गर्न माग ।

कृष्णपुर नगरपालिका वडा ३काे भत्काएकाे बाटाे निर्माण भएकाे छ । गत हप्ता शुक्रबार देखिकाे अबिरल वर्षाले बगाएकाे झोलुङ्गे देखी बडबैका टोल जोड्ने बाटो निर्माण गरेकाे हाे ।

बाढिले बाटाे बगाउदा आवत जावत गर्न बाटाे नै थिएन, नदि किनारमा फेरि भत्काउने डर थियाे पानी घटेर कम भएपछि आज शुक्रवार बाटाे निर्माण गरेकाे वडा सदस्य भिम राज जाेशीले बताउनुभयाे ।

नदिले करिव ३०-४० मिटर बाटाे बगाएकाे थियाे । सदस्य जाेशीले भने लामाे समय देखि स्थानिय बासि नदि कटानले घरबार बिहिन भएका छन, बिगतमा विद्यालय समेत नदिले बगाएकाे हाे नदि कटानले वर्षै पिच्छे पीडा थप्ने गरेकाे छ नदि नियन्त्रणका लागि आउने साना बजेटले काम हुन सकेकाे छैन अलि तल पट्टि त पुल नै बगायाे प्रदेश र संघ सरकारले दिर्घकालिन रुपमा समाधान हुने गरि तटबन्धकाे ब्यावस्था गरिदिनु पर्ने बताएका छन । 

प्रतिक्रिया