Samriddhipost
२०८१ जेठ ०१ गते मङ्गलबार
काठमाडौं
२०७९ असोज १५ गते शनिबार

प्रकाश सपूत र सृष्टी खड्का अभिनित 'केशरी' सार्वजनिक, यस्ताे छ भिडियाे ।

ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत "केशरी केशरी"
सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ |

गितमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ | ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी
खड्काको अभिनय रहेको छ |

ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य,रितु आचार्य र राजेन्द्र खातीले सह- निर्देशन गरेका छ्न |
गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ | भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ | यस गीतलाई  मिक्सिङ / मास्टरिङ र एरेन्ज श्याम
श्वेत रसाइलीले गरेका हुन भने पृज्मा स्टुडियोमा रेकर्ड भएको हो ।
https://youtu.be/ZyJLWxZEnsA

प्रतिक्रिया