Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ १९ गते शुक्रबार

४० घण्टा सम्म पानी नखाइ अभिनय गरेपछि

फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको सुटिङका बेला निकै गाह्रो किसिमले तयारी गरेकी थिइन् । यहाँसम्म कि उनले सुटिङमा ४० घण्टासम्म पानीको एक घुट्को पनि पिइनन् । अदाले सामाजिक सञ्जालमा ‘द केरला स्टोरी’को सुटिङको समयका केही रोचक तस्वीर सार्वजनिक गरेकी छन् ।

उनले क्याप्सनमा लेखेकी छिन, ‘सनकिस्ड, आफ्टर एण्ड बिफोर फ्राम हेश द केरला स्टोरी… । यस्तो फुटेको ओठको कारण…माइनसन १६ डिग्रीमा ४० घण्टासम्म डिहाइड्रेट गर्नु हेश सनकिस्डमेकअप हेश अदाशर्मा एटदरेट मेकअपबाईश्याम पीएस । लड्ने अभ्यासका लागि गद्दा राखिएको थियो… तर हामीले यसको प्रयोग गरेनौं । घुँडामा र कुहिनामा चोट थियो ।’

उनले एक कलाकारका रुपमा यस्तो काम गर्नु खुशीको कुरा भएको बताएकी छन् । ‘जुन कामले मलाई शारीरिक र मानसिक रुपले अगाडि बढायो । म जति सक्दो आश्वस्त पार्न चाहन्थे । म खानाको सौखिन छु र म आम रुपमा एकदिनमा पाँच लिटर पानी पिउँछु । तर त्यहाँ यो काम मुस्किल थियो,’ उनले भनेकी छन् ।

अदाले अफगानिस्तानको आतंकवादी शिविरबाट भाग्ने चरित्रमा देखिन कै लागि पानीसमेत पिएकी थिइनन् । ‘हामीले माइनस १६ डिग्री र निकै कम अक्सिजनमा कठिन परिस्थितिमा सुटिङ गर्यौ । युनिटका सदस्यले बिरामी परिन्छ भन्दा पनि मैले भोजन र पानी बिना राम्रो किसिमले काम पुरा गरें’, उनले भनेकी छन् । अदाले ‘कमाण्डो’, ‘द गेम अफ गिरगिट’ र ‘टिब्बा’को सुटिङ पुरा गरिसकेकी छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>