Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ असोज ३१ गते सोमबार

कंचनपुरमा चुनावि घरदैलाे गर्ने पहिलाे दल बन्याे समाजवादी, गठबन्धनका सबै दलहरुलाई सहयाेग गर्ने  प्रतिबद्धता।

कञ्चनपुर निर्वाचन क्षेत्र -३ (क ) प्रदेश सभा सदस्यमा नेकपा (एकीकृत समाजवादि)का उम्मेदवार प्रकाश रावल चुनावी प्रचार घरदैलाे सुरु गरेका छन् । उनले साेमबार बेदकोट नगरपालिका ८ बाट  चुनावी घरदैलो सुरु गरेका छन् ।

अघिल्लो निर्वाचनबाट एमालेबाट जितेका उनी यस पटक समाजवादीबाट उम्मेदवार भएका छन् । नेकपा विभाजनपछि एमाले छाडेर उनी समाजवादीमा गएका हुन् । सत्ता गठबन्धनमा उम्मेदवारका रुपमा प्रचार गरिएका उनी अन्तिममा गठबन्धन उम्मेदवार नभएर समाजवादीका उम्मेदवार भएका हुन् ।

उमेदवार रावलले भने ‘हामी चुनावमा होमि सकेका छौ, आज बेदकोट नगरपालिका ८ बाट घरदैलो सुरु गरिएको छ’ समाजवादीको निर्वाचन परिचालन मूल समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अब यस क्षेत्रका सबै वडा र घर घरमा प्रचार प्रसार गर्छौ ।’

रावल समाजवादीका केन्द्रीय सदस्य र कञ्चनपुर सह इन्चार्ज हुन् । उनले आफ्नो पाँच वर्ष कार्यकालमा थालनी गरिएका अपूरा कार्य पूरा गर्ने लक्ष्य लिएर चुनावी मैदानमा आएको बताए । ‘मैले पाँच वर्षे कार्यकालमा केही काम सुरु गरेको छ, जनताले केही न केही फरक चाहेकै छन्’ उनले भने,‘पाँच वर्षे कार्यकालमा अघि सारिएका कामलाई पूरा गर्न नै म फेरि जनतामा आएको छु’ उनले भने,‘ मैले गरेकाे कामकाे मुल्यांकन गर्दै जनताले मलाई फेरि विश्वास गरी जिताउनेमा आशावादी छु ।’

पत्रकार सम्मेलन मन्त्री रावलले आफूले पाँच वर्षे कार्यकालमा गरिएका कामबारे जानकारी गराए । उनले आफ्नो क्षेत्रमा कृषि, सिँचाई, तटबन्ध, विद्यालय, स्वास्थ्य, खेलकूद लगायतका सबै क्षेत्रमा कार्य गरिएको उल्लेख गरे ।

मन्त्री रावलले घाँडीघाँचकाेअधिकाँस भागमा सिँचाई सुविधाको व्यवस्था गरेको उल्लेख गर्दै कृषिलाई आधुनिकीकरण गर्ने कार्य पनि अघि बढाएको बताए ।

महाकाली प्रादेशिक अस्पातल सुधारमा पनि आफूले भूमिका खेलेको  मन्त्री रावलको भनाई थियो । २०७४ को निर्वाचनपछि अस्पताल प्रदेश सरकार मातहत आएकाे र सुधार भएको उनले उल्लेख गरे । 

सत्तागठबन्धनमा अन्तिमसम्म दुई प्रदेशमा समाजवादीलाई दिने सहमति गरी अन्तिममा बाहिर राखिएकोमा मन्त्री रावलले असन्तुष्टि व्यक्त गरे । ‘३ क र २ ख मा हाम्रो दावी थियो, अन्तिमसम्म निश्चित पनि थियो’ उनले भने,‘यस्तो भएपछि सबै नेताका बिचमा छलफल गरी मित्रवत प्रतिस्पर्धा गर्ने कुरामा सहमति भएको छ ।’

नेकपा एकीकृत समाजवादी कञ्चनपुरका सह सचिव हरक सिह धामीले सत्ता गठबन्धनका उम्मेदवारसित कञ्चनपुरका सबै निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गरिने बताए । ‘सबै क्षेत्रमा मित्रवत प्रतिस्पर्धा हुन्छ, त्यसैमा अझै व्यवस्थित बाँकी छ’ उनले भने । भिडियाेhttps://youtu.be/MFcdt4qBfVA

पत्रकार सम्मेलनमा समाजवादीका उप सचिव राजेन्द्र पाण्डेय, निर्वाचन मूल परिचालन समितिका संयोजक गणेश सिह धामी, भीमदत्त नगर अध्यक्ष मदन सेराला लगायतका नेताहरु सहभागी भएका छन् ।

प्रतिक्रिया