Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक ०४ गते शुक्रबार

कंचनपुर क्षेत्र ३ का स्वतन्त्र उमेदवार मदन का के छन एजेण्डा ?

कंचनपुर  प्नतिनिधि सभा निर्वाचन क्षेत्र ३ बाट स्वतन्त्र उमेदवारि दिएका मदन दमाईले एक कार्यक्रमका बिच आफ्नाे उमेदवारि र एजेण्डा सार्वजनिक गरेका छन ।

दमाईले कार्यक्रममा बाेल्दै देशमा प्रदेशका सांसद र मंन्त्रिकाे संङ्ख्या धेरै भएकाे कारण देशकाे खर्च बढि भएकाे आम्दानि कम रहेकाे अवस्था छ । यस्ताे अवस्थामा देश बिकासकाे बजेट अभाव रहेकाे कारण प्रदेश खारेज गरेर संघिय र स्थानिय सरकार मात्र राख्न पहल गर्ने बताएका छन ।

यस्तै उनले संसदहरुले प्रधानमन्त्री चुन्ने ब्यावस्था रहेकाे आफुले चाहेकाे मन परेकाे मानिस प्रधानमन्त्री बनाउन नसक्ने अवस्था रहेका कारण आफू यस्ताे ब्यावस्थाका लागि पहल गर्ने बताउछन ।
उनले अरु बिकास निर्माणका नियमित कामहरु निरन्तर भई रहने बताए । उनकाे नाम अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतकाे मुद्दा सुचिमा रहेकाे भन्ने बिषयमा उनले आफ्नाे बाबू बाजे कसैकाे नाम खुलाएकाे छैन । मलाई कुनै चिठ्ठि समेत प्राप्त नभएका कारण आफु नै हाे भन्ने छैन । मेराे नाम जस्ता धेरैकाे नाम भएकाे बताए ।  

प्रतिक्रिया