Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक ०५ गते शनिबार

दुर्घटनामा प्रहरी हवल्दारकाे मृत्यू ।

कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिकास्थित ढुंगे बजारमा बसको ठक्करबाट इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्रप्रसाद जैशीको मृत्यु भएको हो।

ना ६ ख ७४५९ नम्बरको बसले से १ ब २१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा प्रहरी हवल्दार जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी बेदप्रकाश जोशीले बताए।

जैसीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो। बस चालक धनगढी उपमहानगरपालिकाका ज्याेतीसिंह चौधरीलाई प्रहरीले नियन्न्त्रणमा दिएको छ।

प्रतिक्रिया