Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक ०७ गते सोमबार

कंचनपुर निर्वाचन क्षेत्र ३ का स्वतन्त्र उमेदवार सिहले दैनिक थप्दै सम्पर्क कार्यालय ।

कंचनपुर निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभामा उमेदवारि दिएका दिपक बहादुर सिहले दैनिक रुपमा वडा स्तरमा सम्पर्क कार्यालय थप्दै गएका छन ।

सिहले महेन्द्रनगरमा निर्वाचन क्षेत्र स्तरिय सम्पर्क कार्यालय पछि भिमदत्त- ७ र ८ मा सम्पर्क कार्यालय खाेलेका थिए । उनकाे टिमले साेमबार भिमदत्त नगरपालिका -१४ मा वडा स्तरिय सम्पर्क कार्यालय खाेलेका छन ।

कार्यालय उद्धाटन गर्दै सिहले राजनिति पेशा नभएर सेवा भएकाे बताए उनले भने आफ्नाे परिवार राजनितिक र सामाजिक रुपले सेवा गर्दै आएकाे हाे । मेराे आफ्नै ब्यावसाय छ तर नेताहरुले राजनितिलाई पेशा बनाएकाेले मैले राजनितिमा आउनु परेकाे राजनिति शुद्ध सेपा हाे एक पट्क म पनि सेवा गर्न आएकाे बताए ।

बुवाकाे पालादेखि राजनितिक रुपमा सक्रिय रहेका सिहकाे परिवारमा सिहका बुवा २०१५ सालकाे आम चुनावमा उमेदवार रहेकाे सिह बताउछन । यसरी बुवाकाे पालादेखि नै राजनिति देख्दै र आफुले विभिन्न कार्यक्रम गरि समाजसेवामा काम गरेता पनि जिवनमा एक पटक जनताबाटै निर्वाचित भएर जनताकाे सेवा गर्ने उदेश्यले प्रतिनिधि सभामा  उमेदवारि दिएकाे बताए ।

प्रतिक्रिया