Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
२०७८ मङि्सर २३ गते बिहिबार

दार्चुलामा जिप दुर्घटना

दार्चुला -  दार्चुलामा जीप दुर्घटना भएको छ । स्रोतका अनुसार मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा जीप दुर्घटना भएको हो ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजीविका वडाअध्यक्ष लोकेन्द्र धामीको जीप दुर्घटनामा परेको बुझिएको छ । दार्चुला सदरमुकामबाट गोकुलेश्वरतर्फ जादै गरेको म १ ज २३९ नम्बरको उक्त जीपमा धनसिह साउद चालक रहेको र चालक घाइते अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । चालक साउदलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।                                               अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा गएको र थप विवरण प्राप्त हुने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । खोजि तथा उद्धार कार्य भइरहेको छ ।

प्रतिक्रिया