Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक ०९ गते बुधबार

कंचनपुर ३ बाट प्रतिनिधिसभा उमेदवार सिहले भेटघाटमा दिए तिब्रता ।

कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट प्रतिनिधी सभा सदस्य स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले चुनावी अभियान तिव्र पारेका छन । पुतली चुनाव चिन्ह लिएर सिह चुनावी प्रचारप्रसारमा रहेका छन ।

उनले भीनपा १८ जानकी टोलमा निर्वाचन क्षेत्र स्तरिय सम्पर्क कार्यालय देखि विभिन्न वडा बस्तीहरुमा समेत सम्पर्क कार्यालय खोलिरहेका छन ।

भीनपा ७ हल्दुखाल, ८ तिलाचौर, भीनपा १४ बनकट्टी सहितका स्थानमा सम्पर्क कार्यालय खोलेका छन, दैनिक रुपमा टाेल - टाेलमा भेटघाट गरिरहेका सिहले दलहरुबाट रुष्ट नेताकार्यकर्ताकाे सहयाेग रहेकाे देखिन्छ । यसै क्षेत्रमा बस्ति बस्ने क्रम संगै बसाई रहेका कारण यहाँका पुराना बस्तिहरुमा पनि उनकाे भेटधाट र स्वागत भैरहेकाे स्थानियहरु बताउछन ।

काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका सिहले पार्टिभित्र लाेकतन्त्र कमजाेर रहेकाे, तमाम अग्रज नेताहरुलाई पाखा राखेर पटक पटक एउटै उम्मेदवार जिताउने नभई एक पटक मात्रै जिताउने र काम गरेर जनताकाे सेवा गर्नु पर्ने एजेण्डा अघि सारेका छन । 

प्रतिक्रिया