Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक १३ गते आइतबार

डल्फिन चिन्ह भएका स्वतन्त्र उमेदवार जाेशीले सम्पर्क कार्यालय स्थापना र घरदैलाेमा दिए तिब्रता ।

कंचनपुर निर्वाचन क्षेत्र ३ काे प्रदेश सभा १ बाट स्वतन्त्र उमेदवारि दिएका पिताम्बर जाेशीले सम्पर्क कार्यालय स्थापना र घरदैलाेमा तिब्रता दिएका हुन ।

उमेदवार जाेशीले आफ्नाे निर्वाचन क्षेत्रमा खाेल्नुपर्ने अधिकाँस सम्पर्क कार्यालयहरु खाेलेका छन । उनले ब्यापक रुपमा घरदैलाे गरिरहेका छन ।

जाेशीकाे प्रचार प्रसारमा स्वतन्त्र उमेदवार चाहने युवा र पाका उमेरका मानिसहरु देखिन्छन । उनकाे प्रचारमा ३-४ टाेलि बनाएर प्रचार प्रसार भैरहेकाे प्रचारमा रहेका कृष्ण जाेशीले बताए ।

कंचनपुरमा लामाे समय बाट उद्याेग ब्यावसाय चलाईरहेका कारण पनि उनलाई ब्यावसायिहरुकाे सहयाेग रहने अनुमान छ उनि केही महिना पहिला व्यापारी हरुकाे संस्था उद्याेग वाणिज्य संघकाे अध्यक्षमा निर्वाचित भएका थिए । 

प्रतिक्रिया