Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक १७ गते बिहिबार

एमाले अध्यक्ष आउने कार्यक्रमकाे तयारि पुरा, भुगाेल फिर्ताकाे लागि एमाले सरकार चाहिन्छ: जाेशी ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा भोलि महेन्द्रनगरको खुलामञ्चमा सम्बोधित हुँने चुनावी सभाको तयारी झण्डै पूरा भएको छ । 

एमाले कञ्चनपुरले बिहीबार पत्रकार सम्मेलन गरी आमसभाको तयारी झण्डै अन्तिम तयारीमा पुगेको जनाएको हो। आमसभाको तयारीका लागि ८ वटा समिति परिचालन गरी काम भइरहेको आमसभा मूल समिति संयोजक लक्ष्मी बुढाले बताइन्। 
भोली महेन्द्रनगरको खुल्ला मञ्चमा दिउँसो २ बजेबाट कार्यक्रम सुरु हुन्छ । उक्त कार्यक्रमलाई अध्यक्ष ज्यूले ३-४ बजे सम्म सम्बोधन गर्न सक्ने जिल्ला अध्यक्ष तथा क्षेत्र ३ प्रदेश सभा २ का उमेदवार सुरेन्द्र बिष्टले बताए । 

कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि स्वयमसेवक परिचालन गरिने र कार्यक्रम आचारसंहिता उलंघन नहुने किसमले गर्ने जनाएकाे छ ।आमसभामा कञ्चनपुरका ९ वटै स्थानीय तहबाट सहभागी गराउन पार्टी कमिटीहरुलाई जानकारी गराएकाे छ। 

समृद्धि पाेष्ट संगकाे कुराकानिमा एमाले केन्द्रीय अनुशासन आयाेग सदस्य तथा पुर्व उप सभामुख भाेजराज जाेशीले एमाले पार्टिले सुदुरपश्चिमकाे दार्चुला जहाँ बर्षाैबाट नेपालकाे भुमि भारतले अतिक्रमण गरेकाे थियाे उक्त स्थान बाट चुच्चे नक्सा सहितकाे ब्यानर राखि देशब्यापि प्रचार अभियानकाे सुरुवात गर्ने बताए । 

‘चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता ल्याउन एमालकै सरकार’ भन्ने मूल नाराका साथ एमालेले अभियानको थालनी गर्ने र ‘केपी ओलीकै पालामा नेपालको भूगोल बढ्ने गरी नक्सा जारी भयो, अब भूगोल फिर्ताको लागि एमालेकै सरकार चाहिन्छ,’ जाेशीले भने, ‘पहिलो पटक राष्ट्रव्यापी चुनावी अभियान पश्चिमकाे दार्चुला, बैतडी, कंचनपुर हुदै सुरु हुनुले एमाले पार्टिकाे अध्यक्ष ओलिकाे पश्चिम र राष्ट्र प्रतिकाे लगाव पनि देखिन्छ।’ 

खासगरी भारतले अतिक्रमण गरेको दार्चुलाकै भूगोल नक्सामा बढेको कारण पनि ओलीले यो पटक यहीँ भूमिमा आएर चुनावी अभियानको समुद्घाटन गर्न लागेको जाेशीकाे भनाई छ।

प्रतिक्रिया