Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २२ गते मङ्गलबार

बेल्डाडीमा भएकाे नमुना मतदानमा १२.५ प्रतिशत मत बदर ।

कञ्चनपुरको बेलडाँडीमा नमुना मतदान कार्यक्रम गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आउँदो मङ्सिर-४ गते हुने मतदान कार्यलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको आयोजनामा बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित राैलेश्वर आदर्श जनता बहुमुखी क्याम्पसको प्राङ्गणमा नमुना मतदान कार्यक्रम गरिएको छ ।

नमुना मतदान कार्यक्रममा बेलडाँडीका सबै वडाबाट प्रतिनिधित्व गर्दै जम्मा ६४ जनाले मतदान गरेको बताइएको छ । जसमध्ये प्रतिनिधि सभा तर्फ ६४ जनाले गरेको नमुना मतदानमा ५६ मत सदर भएका छन् भने ८ मत बदर भएका छन् । त्यस्तै प्रदेश सभा तर्फ ६३ जनाले नमुना मतदान गरेकोमा ५६ मत सदर र ७ मत बदर भएको बताइएको छ । नमुना मतदानका क्रममा यति धेरै मत बदर भएको देखिनु निर्वाचनका लागि राम्रो सङ्केत भने होइन । त्यसैले मतदाता शिक्षालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु पर्ने देखिन्छ ।

प्रतिक्रिया