Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २५ गते शुक्रबार

काग्रेस बुवाका माओवादि छाेरा बाम लाेकतान्त्रिक गठबन्धन बाट प्रदेसभा यात्रामा ।

आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि दलहरु चुनावी मैदानमा होमिएका छन ।

कंचनपुरकाे तत्कालिन निर्वाचन क्षेत्र ३ बाट सविधान सभा सदस्य समेत रहेका टेकेन्द्र प्रशाद भट्ट अहिले लाेकतान्त्रिक बाम गठबन्धन बाट पुरानै निर्वाचित क्षेत्रकाे धेरैजसाे भाग पर्ने निर्वाचन क्षेत्र ३ काे प्रदेशसभा १ अर्थात (क) बाट प्रतिस्पर्धामा छन।

अढाई दशक बाट राजनीतिमा सकृय रहेका भट्ट नेपाली काग्रेस परिवारमा जन्मिएका हुन उनका बुवा स्व. तारा प्रसाद भट्ट नेपाली काग्रेसमा सक्रिय थिए । पढाईमा अब्बल रहेका भट्ट,  बुवाकै प्रेरणाबाट बिएस्सी अध्ययन गर्न महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसमा भर्ना भए ।

आर्थिक रुपमा कमजाेर र दुरदराज बाट आउने बिद्यार्थिका दु:ख कष्ट संग हातेमालाे गर्दै तत्कालिन माओवादी निकट अखिल क्रान्तिकारि संगठनमा आवद्ध भए । क्रमिक रुपमा काम गर्दै बि.स. ०५५ सालमा नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी इकाई अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्यसम्म जिम्मेवारी निर्वाह गरिसकेका छन ।

अखिल कान्तिकारी सिद्धनाथ विज्ञान क्याम्पस इकाई अध्ययन हुँदै भीमदत्त नगरको नगर अध्यक्ष, ०५६ सालमा विद्यार्थीकाे जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै क्रमिक रुपमा काम गर्दै जादा ०५९ सालमा पार्टि नेताकाे रुपमा डडेलधुरा र कंन्चनपुर  जिल्ला सेक्रेटरीका रुपमा जिम्मेवारि सम्हाले । ०६० सालमा जिल्ला इन्चार्जका रुपमा नेतृत्व थालेका भट्ट विभिन्न जिल्ला हुँदै हाल पार्टिकाे केन्द्रीय सदस्य र कंचनपुर ईन्चार्ज रहेका छन ।

प्रदेशसभा सदस्य उमेदवार भट्टले प्रदेशकै सामथ्य, चाहनाले पनि यस क्षेत्रका ठुला योजना संचालनमा कठिनाई हुने भएकाले केन्द्रसंग आवश्यक बजेट, पालिकासग समन्वय गरेर प्रदेशवाट सक्नेजती काम गर्ने बताए। भट्टले निर्वाचन क्षेत्रमा रहेका विद्यमान समस्या, छाडा पशुचाैपायाले दैनिक दुर्घटना, खेतिकाे नाेक्सान काे एकमुष्ट बहुमुखि रुपमा समाधान गर्न प्रदेशले समन्वय गरि प्रादेशिक रुपमा कामगरि समस्या समाधान गर्ने बताएका छन ।

चुरे सहितका नदीखोला नालाको कटानीले कृषियोग्य भूमि क्षतिकरण भएकाले सो जमिन पुनरुत्पादन गर्ने, सिंचाई, स्वास्थ्य, खानेपानी, व्यवस्थित शहरीकरण, बेरोजगारी समस्या समाधान, युवा केन्द्रीत उद्यम, औद्योगिकण, शिक्षा स्वास्थ्यको दिगो विकास र सम्वृद्धिका लागि प्रदेशबाट समस्या समाधान गर्ने एजेण्डा अघि सारेका छन । प्राविधिक शिक्षादेखि समाजिक विकृती, विभेद हटाउदै समुन्नत समाज निर्माणका लागि आफुले काम गर्ने बताए।

विगतमा संविधान निर्माण अहिले संविधान कार्यान्वयनदेखि स्थानीय जनताका दैनिक जनजिविकामा आउने समस्या हल गर्ने योजना रहेकाे 'उनले भने, 'विगतमा पनि मलाई जनताले पत्याएर संविधान लेख्न पठाए अहिले पनि जनताले थप जिम्मेवारी दिने आशा, विश्वास र भरोसा गरेको छु ।' विशुद्ध निष्ठा, ईमान्दारिताको राजनीतिमा होमिएका भट्टको किशोर र युवा अवस्था राजनीतिक जिवन व्यतित भएको छ।  लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र क प्रदेश सभा सदस्यका उम्मेदवार  भट्टलाई काग्रेस नेता रमेश लेखक लगायत नेताहरुकाे व्यापक सहयाेग र समर्थन रहेकाे देखिन्छ ।

०६४ सालमा संविधान सभा सदस्य निर्वाचित भएपछि राज्यको शासकिय निर्धारण समिति र व्यवस्थापिका संसदको अर्थश्रम सम्बन्ध समिति सदस्य भएर जिम्मेवारी निर्वाह गरेका भट्ट कंचनपुरमा कागेस,माओवादि समेतका दल र विद्यार्थी विश्वविद्यालयकाे माग गरि महेन्द्रनगरका सडकमा आउदा ०६७ सालमा महेन्द्रनगर बजारमा रिक्सामाथि चढेर सुदूरपश्चिम विश्वविद्यालय घाेषणा भएकाे भनी सम्बाेधन गर्ने संबिधानसभा सदस्य हुन ।

संसद हुँदा अहिले निर्वाचनका सहकर्मी प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखकसंग काम गरेर सुप विश्वविद्यालय विधेयक पारित गराउनेदेखि दोधाराचाँदनीमा सुख्खाबन्दरगाह निर्माणका लागि पहलकर्ता रहेका थिए ।

भट्टले यस पटक प्रदेश सभा सदस्यको यात्रा तय गरेका छन। भट्टले संविधानको रक्षा गर्दै संविधानमा उल्लेख भएका व्यवस्था संस्थागत गर्न र आफैले जन्माएका योजना भएकोले पनि यी पूरा गर्नपर्ने दायित्व आफ्नाे रहेका कारण क्षेत्रको दिगो विकास सम्बृद्धिका लागि आफुले उम्मेदवारी दिएकाे बताएका छन ।

विचारमा स्पष्ट वक्ता ईमान्दारका प्रतिक कर्तब्यनिष्ट भट्टले समाज, देशका लागि गरेको त्याग र निरन्तर संघर्षलेउनलाई जनसमर्थन पाइरहेको छ। भिडियाेhttps://youtu.be/UpEPLwu2iuo

प्रतिक्रिया