Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक २५ गते शुक्रबार

हल्दुखालका मतदाताले एउटै मालामा राखेर लेखक,भट्ट र जाेशीलाई दिए आशीर्वाद ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय रमेश लेखक, टेकेन्द्र प्रशाद भट्ट र यज्ञराज जोशीलाई हल्दुखालका जनताले आर्शिवाद दिएका छन ।
भीमदत्त नगरपालिका ७ हल्दुखालमा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा स्थानीय जनताले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय लेखक, प्रशाद भट्ट र जोशीलाई एकै मालामा बेरेर आर्शिवाद दिएका हुन ।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार लेखक, ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार भट्ट र काँग्रेस प्रदेशका समानुपातिक उम्मेदवार जोशीलाई जनताले एकै मालामा बेरेर आशिर्वाद दिएका छन ।

स्थानीयले पनि संविधान रक्षा, व्यवस्था जोगाउनेदेखि सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सघाउने बाचा गरेका छन । कार्यक्रममा उम्मेदवार त्रय लेखक, भट्ट र जोशीले जनताले दिएको जनताले दिएको मत अनुरुप क्षेत्रको सम्बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जाहेर गर्दै भारीमतका साथ जिताउन आब्हान गरेका छन । कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताहरुले भीमदत्त नगरपालिका ७ हल्दुखाल क्षेत्रबाट भारीमत दिलाउने प्रतिज्ञा गरेका छन ।

प्रतिक्रिया