Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक ३० गते बुधबार

कंचनपुर ३ प्रदेशसभा १ का नेमकिपाका उमेदवारले गरे उमेदवारि निस्कृय ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (१) मा उम्मेदवारी दिएका धर्मराज जोशीको पक्षमा उनकै प्रतिष्पर्धी खुल्न थालेका छन्।

बुधबार नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र दमाईले आफ्नो उम्मेदवारी निष्कृय पारी जोशीलाई समर्थन गरेका हुन्। जोशीले एमालेसँगको तालमेलमा प्रदेशसभा (१) मा उम्मेदवारी दिएका थिए।

एमाले र राप्रपाका संयुक्त उम्मेदवार जोशीलाई समर्थन गरी आफ्नो उम्मेदवारी निष्कृय पारेको दमाईले बताए। उनले जोशीलाई सहयोग गरेको घोषणा गर्दै जिताउन विज्ञप्तिमार्फत आग्रहसमेत गरेका छन्।

 

प्रतिक्रिया