Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक ३० गते बुधबार

भाेजपुर सत्ता गठबन्धनको सभा नजिक बम बिष्फाेट गराउन खाेज्ने युवा बम पड्किदा  घाइते ।

भोजपुरमा सत्ता गठबन्धनले आयोजना गरेको सभास्थल नजिकै बम विष्फोट गराउन हिँडेका युवक आफैं घाइते भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैंले बोकेको बम विष्फोट भएर घाइते भएका हुन् ।

भोजपुरको अरुण गाउँपालिका–३ स्थित तिवारी भञ्ज्याङमा गठबन्धनको कार्यक्रम सुरु हुँदै थियो । कार्यक्रममा सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदै थिए । तर, अचानक कार्यक्रम स्थल नजिकै विष्फोट भयो ।

कार्यक्रम स्थलभन्दा करिब डेढ सय मिटर परको होटलमा सुमनले बोकेको बम आफैं पड्किएको भोजपुरका डीएसपी शरत थापा क्षेत्रीले बताए । डीएसपी क्षेत्री भन्छन्– ‘आरोपीलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’

सुमन भोजपुरको चरम्बीका स्थानीय हुन् । उनले बोकेको ‘आइडी बम’ पड्किँदा उनैको खुट्टामा चोट लागेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुको अनुसार बमको कनेक्सनमा उनको मोबाइलमा गराइएको थियो । ताप्लेजुङको सभा सकेर प्रचण्ड भोजपुरमा सम्बोधन गर्न जाँदै थिए ।

प्रतिक्रिया