Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०७९ मङि्सर ०३ गते शनिबार

दार्चुला र कंचनपुरमा मतदान केन्द्र हाक्दै महिला ।

दार्चुला र कंचनपुरमा महिलाहरुुले मतदान केन्द्र हाक्दै छन । कंचनपुरकाे भिमदत्त नगरपालिका ४ मा रहेकाे भृकुटि माबि मतदान स्थल र दार्चुलाकाे महाकालि नगरपालिका ४ स्थित अपिनाम्पा मतदान स्थलमा महिलाहरुकाे नेतृत्वमा मतदान कार्यक्रम  हुने छ । दार्चुलाका २ वटा मतदान बुथ केन्द्र र कंचनपुरमा ३ बुथमा महिला कर्मचारीलाई मात्रै खटाइएको छ।                                                                                आइतबार हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ५ वटा मतदान केन्द्रमा महिला कर्मचारीलाई मात्रै खटाइएको हो।
महेन्द्रनगरकाे भृकुटि माबि मतदान केन्द्रका ३ वटै बुथ केन्द्रमा १ हजार ५ सय पुरुष र १ हजार ४ सय ७३ महिला गरि जम्मा २ हजार ९ सय ४३ मतदाता रहेका छन । क केन्द्रमा सन्जु उपाध्याय रिमाल, ख मा बसन्ति जाेशी र ग मा संजिता कडुवाल रहेका छन ।                   
यस्तै दार्चुला सदरमुकाम खलंगास्थित अपिनाम्पा संरक्षण क्षेत्रको क र ख मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिए।

उनका अनुसार अपिनाम्पाको ‘क’ केन्द्रमा जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद र अपिनाम्पाकै ‘ख’ केन्द्रमा घरेलु कार्यालयका प्रमुख गंगा मगरलाई खटाइएको छ। दार्चुलामा १ सय ४३ मतदान केन्द्र छन्।

ती मतदान केन्द्रमा मतदान अधिकृत १ सय ४३, सहायक मतदान अधिकृत १ सय ४३, सहायक कर्मचारी ६ सय ९९, कार्यालय सहयोगी १४३ गरी जम्मा १ हजार १ सय २८ कर्मचारी र स्वयमसेबक ५ सय २७ गरी कुल १ हजार ६ सय ५५ जना खटाइएको छ। मतदानस्थलमा मतदान केन्द्र निर्माणको काम भइरहेको छ। भिडियाे  https://youtu.be/FYexHkRCQ44

प्रतिक्रिया