Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०४ गते आइतबार

कंचनपुरमा मतदान निर्धारित समयमा सुरु मतदाता उत्साहित ।

कञ्चनपुरमा मतदान शुरु भएको छ । निर्वाचन आयोगले तोके अनुरुप जिल्लाका सबै मतदाथ स्थलमा बिहान ७ बजेदेखि मतदान शुरु भएको छ।

निर्वाचन अधिकृतको कार्यालयले निर्धारित समयमै मतदान शुरु भएको बताए । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले निर्धारित समयमै शान्तिपूर्ण तरिकाबाट मतदान शुरु भएको बताएकाे छ ।

निर्वाचन कार्यालयका अनुसार १ सय ३२ मतदान स्थलका ३ सय ४६ केन्दमा मतदान भईरहेको छ । ३ प्रतिनिधी र ६ प्रदेशसभा सदस्य गरी ९ पदका लागि८० उम्मेदवार चुनावी मैदानमा छन । कञ्चनपुरमा ३ लाख, २५ हजार ९ मतदाता रहेका छन ।                               सहज सरल रुपमा मत दिन पाउँदा मतदाता खुसि उत्साहित देखिएका छन । मतदिन समय भन्दा पहिलानै मतदाता मतदान स्थलमा पुगिसकेका थिए ।

प्रतिक्रिया