Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०५ गते सोमबार

कंचनपुरका तिनै निर्वाचन क्षेत्रकाे मतगणनामा ढिलाई ।

कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनामा ढिलाइ भएको छ । सर्व पक्षीय बैठक बस्न र काेठा तयारि नहुद ढिलाइ भएसँगै मत गणनामा ढिलाइ भएको हो । 

तीनवटै क्षेत्रमा ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ मा बिहान ९ बजेदेखि नै मतगणना सुरु गर्ने भनिएको थियो । तर, सर्वपक्षीय बैठकमा ढिलाइ भएसँगै ११ बजेदेखि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत कार्यालयले भनेपनि समाचार तयार गर्दा सम्म मत गणना सुरु हुन सकेकाे छैन  । 

त्यस्तै क्षेत्र नम्बर २ मा पनि ११ बजेबाट बैठक बसि सुरु गर्ने तयारी गरिएको भएपनि काेठा तयारि नभएका कारण २ बजेबाट गणना सुरु गर्ने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । 
त्यस्तै क्षेत्र नम्बर १ को पनि मत गणनाको तयारी भइरहेको छ । क्षेत्र नम्बर १ मा पनि  सर्ब पक्षिय बैठक बसि सकेकाे र मतगणना सुरु गर्नेगरी तयारी भइरहेको हो ।

प्रतिक्रिया