Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०५ गते सोमबार

कंचनपुर ३ मा मतगणना सुरु, १ र २ काे केहिबेरमा हुने ।

कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना कार्य सुरु भएको छ।

दिउसो १ बजेदेखि गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धु्रव कुमार शाहले जानकारी दिए। जिल्ला समन्वय समितिको सभाहलमा गणना भइरहेको छ।

भीमदत्त नगरपालिका वडा नं. १, २ र ३ बाट एकैसाथ मत गन्न थालिएको छ।

क्षेत्र नं. १ को ३ बजे र २ को २ बजेबाट मतगणनाको तयारी छ।

क्षेत्र नं. १ को मतगणना दिउँसो ३ बजेदखि गन्न सुरु गरिने मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए।

उनका अनुसार क्षेत्र नं. १ को मतगणना बेलौरी नगरपालिका–४ को सभाहलमा हुने छ।

यस्तै क्षेत्र नं. २ को दिउँसो २ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले जानकारी दिए। त्यहाँको मतगणनास्थल कालिका माध्यमिक विद्यालय असैना झलारीमा राखिएको छ।

प्रतिक्रिया