Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ मङि्सर १२ गते सोमबार

आज हप्ता दिनपछि चेतन अयडिकाे शव परिवारले बुझ्याे, आजै दाहसंस्कार गरिने ।

मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको मतदानका दिन नेपाली काँग्रेसका कार्यकर्ताद्वारा कुटपिट पछि हत्या गरिएका विद्यार्थी नेता चेतन अयडीको एक साता पछि दाह संस्कार गरिने भएको छ।

आज सोमबार बिहान श्रद्धाञ्जलीका लागि खुलामञ्चमा खुला मञ्च मार्तडीमा राखिएको छ भने श्रद्धाञ्जली सभा पछि मार्तडीदेखि मौरेसम्म शव यात्रा गरिने भएको छ। मार्तडीदेखि करिब ३० किलोमिटर शव यात्रापछि पवित्र धाम मौरेमा दाहसंस्कार गरिने आफन्तले बताएका छन्।

अयडीको मङ्सिर ४ गते साँझ कुटपिट गरी हत्या गरिएको थियो। उनलाई घरभित्रबाटै अयडीलाई तानेर ल्याएर काँग्रेस कार्यकर्ताले निर्घात कुटपिट गरेका बताइएको छ। कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

बयलपाटा अस्पतालबाट ल्याएर पोष्टमार्टमका लागि चेतनको शव जिल्ला अस्पताल बाजुरामा राखिएको थियो। नेकपा एमाले बाजुराले चेतनका हत्यारा पक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै मङ्सिर ५ गतेदेखि बाजुरामा आन्दोलन गरिरहेको छ। 

प्रतिक्रिया