Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ मङि्सर १३ गते मङ्गलबार

प्रतिनिधिसभा उमेदवार सिंहले मतदाता र बिजेतालाई दिए धन्यवाद । सुख दुःखमा साथमा रहने प्रतिबद्धता ।
फायल तस्बिर

कंचनपुर प्रतिनिधिसभा क्षेत्र ३ बाट स्वतन्त्र उमेदवारि दर्ता गरेका दिपक बहादुर सिंहले मतदाता लाई धन्यवाद ज्ञापन गरेका छन ।

सिहले एक सुचना सार्वजनिक गर्दै  कञ्चनपुर क्षेत्र नं. ३ का आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु, सर्वप्रथम, मलाई अगाध माया, स्नेह र विश्वास गरी प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मतदान गरिदिनु भएकोमा हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्न चाहन्छु।
अहोरात्र खटेर यहाँहरुले मलाई जुन हौसला, प्रेरणा, साथ र सहयोग गरेर निर्वाचन तयारीका लागि छोटो समय भएकाले घर दैलोमा पुग्न सकिएन । भौतिक रुपमा टोल र घरमा पुग्न नसकेपनि भावनात्मक रुपमा यहाँहरु सँगै छु । चुनावी नतिजा मेरो पक्षमा नआएपनि यहाँहरुको सुख, दुःखमा सधै साथमै रहने र रचनात्मक काममा आफ्नो तर्फबाट हुने सहयोगका लागि म सधैँ तत्पर रहने छु ।
लोकतन्त्रको सुन्दरता भनेकै आवधिक निर्वाचन हो । कञ्चनपुर जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विजयी हुनु भएका सम्पूर्ण उम्मेदवारहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु उल्लेख गरेका छन ।
सिंहले लामाे समय नेपाली काग्रेसमा रहेर काम गरेका थिए । काग्रेसमा आन्तरिक लाेकतन्त्र कमजाेर भएकाे राजनीति लाई पेशा नभएर सेवा बनाएकाे भन्दै उमेदवारि दिएका थिए ।

प्रतिक्रिया