Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०७९ मङि्सर १९ गते सोमबार

कंचनपुरमा ठुलाे संख्यामा मत बदर, मतदाता शिक्षाकाे अभाव ।

मंसिर ४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बदर मत संख्या ठुलाे देखिएकाे छ ।

प्रत्यक्ष भन्दा समानुपातिकमा बढी मत बदर भएका छन । संघ तर्फ १ लाख ८६ हजार ३२२ खसेको मत मध्ये ६.५६ प्रतिशत मत बदर भएका छन । प्रदेश तर्फ १लाख ७८ हजार १८४ खसेको मत मध्ये ५.२१ मत बदर भएका छन । 

  प्रत्यक्ष र समानुपातिक तर्फ छुट्टाछुट्टै चार मत पत्र थिए । प्रत्यक्ष तर्फ उम्मेदवार अनुरुप कमै चुनाव चिन्ह थिए, समानुपातिक तर्फ प्रदेशका ३४ र प्रतिनिधी सभा सदस्य तर्फ ४७ दलका चुनाव चिन्ह थिए । एक मतपत्रमा एक मात्रै स्वस्तीक छाप लगाउनुपर्ने थियो ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार संघ प्रत्यक्ष संघ तर्फ १२ हजार २३३ र समानुपातिक तर्फ १२ हजार ६३५, प्रदेश प्रत्यक्ष तर्फ ९ हजार २८६ र समानुपातिक तर्फ १२ हजार १५९म बदर भएका छन ।

निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकारी उदयराज जोशीले आयोगबाट मतदाता शिक्षाका लागि बजेट कार्यक्रम नआएको बताए । ‘बदरमत कम गर्न घटाउनका लागि आयोगबाट कुनै कार्यक्रम आएन, ‘उनले भने, ‘जिल्लाबाट पालिकाले आफ्नै स्रोतमा मतदाता शिक्षा कार्यक्रम गरेका थिए ।’ हरेक पालिकाले २ देखि ५ लाखसम्म रुपैया खर्च गरेर विभिन्न प्रकृतिको मतदाता शिक्षा कार्यक्रम गरेका थिए तरपनि बदर मतकाे संङ्ख्या ठुलाे देखियाे।

बदर मत संख्या बृद्धिले जित्ने उम्मेदवार पराजित हुने, पराजित हुने जित्ने अवस्थाले सिङगै लोकतान्त्रिक प्रणालीमा असर पर्ने राजनीति शास्त्रका प्राध्यापकको भनाई छ । सुदूरपश्चिम विश्वविद्यालय राजनीतिशास्त्रका प्राध्यापक तथा डिन डा. मुकुन्दबल्लभ कलाैनीले राज्यले मतदाता शिक्षामा लगाउने लगानी प्रभावकारी रुपमा व्यवस्थापन गर्न नसक्दा बदरमत संख्या हरेक निर्वाचनमा बृद्धि भईरहेको बताए । ‘विगतको तुलनामा समाज समेत सचेत र शिक्षित भईरहेको छ, ‘उनले भने, ‘मत बदर रोकिनुपर्ने हो, तर रोकिएको छैन, यो गम्भिर विषय छ ।’ मतदाताको संख्या अनुपातमा निकै मतदान कम हुनुपनि दलहरुप्रति जनतामा विश्वास गुम्दै गएको डा. कलाैनिले बताए । ३ लाख २ हजार ५०९कुल मतदाता मध्ये यस पटक ६१.५९प्रतिशत मात्रै मतदान भएको थियो । ३प्रतिनिधी र ६प्रदेश सभा सदस्यका लागि विभिन्न १५ राजनीतिक दल सहित स्वतन्त्रका गरी ८०उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।

प्रतिक्रिया