Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८१ बैशाख २८ गते शुक्रबार

काम गर्न सहजताका लागि स्वयंसेविका लाई झाेला र छाता बितरण

खडक बहादुर काेलि/ भीमदत्त नगरपालिकाको एक वडा कार्यालयले महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई झाेला र छाता वितरण गरेको छ। भीमदत्त नगरपालिका १४ नम्बर वडा कार्यालयले आफ्ना वडा भित्रका स्वास्थ्य सम्बन्धी काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई काम गर्न सहयोग पुग्ने भएकाले छाता र झोला वितरण गरेको १४ नम्बर वडाका वडा अध्यक्ष भोजराज जोशीले बताएका छन्। 

२०८० /२०८१ को बजेट बाट छुट्याइएको रकमले झोला र छाता उपलब्ध गराइएको वडा सचिव राज्यलक्ष्मी शाहले बताइन्। महिला स्वास्थ्य स्वयंसेविकाहरू स्वास्थ्य सम्बन्धी काम गर्न घर र टोलमा गएर नियमित खोप, भिटामिन, स्वास्थ्य सम्बन्धी डाटा कुनै समयमा पनि लिन जानु पर्ने हुँदा घाम पानीबाट जोगिनु छाता र स्वास्थ्य सामग्रीहरू र औषधिहरू राख्न झोलाहरू वितरण गरिएको सचिव शाहले बताइएकि छन। यसरी वडाबाट मिलेको सहयोग र सुविधाहरूले आफूलाई काम गर्न जुनसुकै बेला र समयमा पनि जान सक्ने  काम गर्न थप हौसला मिलेको बताएका छन्।


#भिनपा १४

प्रतिक्रिया