Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८१ बैशाख २८ गते शुक्रबार

भिमदत्त ४ मा महिलाहरुका लागि साबुन बनाउने तालीम सुरु

खडक  बहादुर काेली
कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा महिलाहरुका लागि साबुन बनाउने तालिम शुरु गरिएको छ । 
भीमदत्त नगरपालिका ४नम्बर वडा कार्यालयले  साबुन बनाउने तालिम शुरु गरेको हो । भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल भट्टले वडामा महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि महिलाका लागि तालिम संचालन गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले तालिममा सिकेका विषय व्यवहारिक कार्यान्वनमा जोडदिए । बिशिष्ठ अथितिद्वय नगर उपप्रमुख निलम लेखक, नगर प्रवक्ता पदमराज अवस्थीले समेत तालिममा सिकेका विषय व्यवहारिक कार्यान्वनमा जोडदिए ।

एक हप्ता सम्म चल्ने तालिममा ३० जना महिलाहरु सहभागि रहेकाे तालिमा प्रशिक्षक द्वय गोदावरी भण्डारी र भागरती बिष्ट रहेकी छन्। आर्थिक वर्ष २०८० /२०८१ को स्वीकृति कार्यक्रम अन्तर्गत तालिम सञ्चालन भएको वडा सचिव पुष्पराज कलौनीले बताए।


#साबुन बनाउने तालीम

प्रतिक्रिया