Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८१ बैशाख २७ गते बिहिबार

आर्थिक अभावले पढ्न नपाएकी गिताले पाईनन सरकारिमा भर्ना, ३३ बर्षमा निजिमा भईन भर्ना

खडक ब काेली-

कञ्चनपुर कञ्चनपुरको एक बोर्डिङ स्कुलमा ३३ वर्षीय युवती कक्षा ४ मा पढ्दै गरेकी छन्। भिमदत्त नगरपालिका १६ परखेडिमा मा रहेकाे कञ्चनपुरकाे रेटिना इन्टरनेशनल स्कुलमा ३३ वर्षीय युवती गीता मगर कक्षा ४ मा पढिरहेको प्रिन्सिपल तिलक दत्त  भट्टले बताएका छन। 

 २०८० साल जेठ २५ गते कक्षा ३ मा भर्ना भई ३.४६ जिपिए लिएकि मगर अहिले कक्षा ४ मा पढिरहेकी छन। आर्थिक अवस्था कमजोर भएका कारणले पढ्न नपाएकी गीता मगर ३३ वर्षको उमेरमा पढ्ने इच्छा जागेपछि भौतारिँदै भर्ना हुनको लागि सरकारी स्कुलमा धाईन  नजिकै सरस्वती माध्यमिक स्कुलका परखेडीका प्रधानाध्यापकलाई अनुराेध गरिन प्रधानाध्यापकले बजारमा भएको साधारण स्कुलमा पढनु भनेर फर्काइदिएकाे मगर बताउछिन । त्यसपछि दुःखी हुँदै भौतारिदै नजिकैको रेटिना इन्टरनेसनल स्कुलमा पुगे र एकाउन्टेन्ट हेमा पन्तसित म हजुरबाट सहयोग माग्छु। सरकारी स्कुलमा मलाई भर्ना गरिएन मलाई हजुरको स्कुलमा भर्ना गरिदिनु भनी अनुरोध गर्दा पन्तको उत्प्रेरणा पाएर  भर्ना भएकाे मगर बताउछिन । 
उनले भनिन महिनाकाे ५०० सय दिएर टिउसन पढे ट्युसनबाट  धेरै कुरा सिकेपछि  ३कक्षामा भर्ना भए । अहिले कक्षा ४ मा अंग्रेजी नेपाली गणितमा अब्बल भएकी छूु। 
मगरकाे घरायसी अवस्था दयनीय छ भाइ भारतमा काम गर्न गएको र ६ वटा बहिनि रहेका छन । स्कुल पढ्न पैसा भएन  उनलाई पढाई छुटेकाे दुखेसाे छ। अहिले उनी १६ नम्बर वडा कार्यालयका एक वृद्ध गणेशबहादुर चन्दको घरमा साँझ बिहान काम गरेर महिनाको ७ हजार पारिश्रमिक बाट आफ्नाे घर र विद्यालयकाे खर्च बेहोरिरहेकी छन।
 अहिले कक्षा चारमा तीन हजारमा भर्ना भएर साना बालबालिकासँग पढिरहेकी मगर बालबालिकाहरूसँग पढ्दा आफू पनि बालिका जस्तो ठानेको महसुस गरेकी छन। आजको समयमा आफ्नो नाम लेख्न सक्ने, कसैले नढाटुन   र कसैले नछकाउन भनेर पढिरहेको बताउछिन। आर्थिक अवस्थाका कारण पढ्न नपाएकी मगर पढाइमा अहिले अब्बल र चलाख छिन्। उनी पढाइमा मात्र होइन अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै नै सक्रिय भएको प्रिन्सिपल तिलक दत्त भट्टले बताएका छन्। नेपाल सरकारले प्राथमिक शिक्षा निःशुल्क, शिक्षामा सबैको पहुँच, भर्ना अभियान चलाए पनि गरिबको झुपडीसम्म पुर्याउन नसकेको गीता मगरको जीवनले प्रमाणित गरिदिएको छ। 


#३३ बर्षिय युवती ४ कक्षामा भर्ना

प्रतिक्रिया