Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ मङि्सर २१ गते बुधबार

सुदूरपश्चिम समेत ८ ठाउँमा काम ठेक्का लिएका निर्माण कम्पनिलाई कालाे सुचिमा राख्न पुनः स्पष्टीकरण ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेका ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।  कार्यालयले आज सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग्दै कालो सूचीमा राख्ने प्रक्रिया अघि बढेको जानकारी दिएको हो । 


हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा-कविर-सुनकोशी जेभी काठमाडौंका नारायण प्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौंडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरेसँग पुन स्पष्टिकरण मागिएको हो ।

यसैगरी बानेश्वर–१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्र कुमार गौतम, सिरुवा कन्स्ट्रक्सन कम्पनी तिनकुने काठमाडौंका दिनेश पौडेल, दिल्ली ट्रेडिङ वीरगञ्ज पर्साकी रानी कुमारी रौनियार र जय गढीमाई निर्माण कन्स्ट्रक्सन हर्दी चितवनका सिताराम चौधरीसँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ ।

सात दिनभित्र पनि लिखित स्पष्टीकरण नबुझाएमा ती निर्माण व्यवसायी तथा सप्लायर्सहरु कालो सूचीमा पर्नेछन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेका ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।  कार्यालयले आज सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग्दै कालो सूचीमा राख्ने प्रक्रिया अघि बढेको जानकारी दिएको हो । 

प्रतिक्रिया